पोखरा, २८ वैशाख । नेपाल अपाङ््ग समाज सेवा संघद्वारा अपाङ््गता भएका २० जना विद्यार्थीलाई शैैक्षिक सामग्री वितरण गरेको छ । पोखरा–९, शान्ति वन बाटिकास्थित संघको कार्यलय परिसरमा आयोजित कार्यक्रममा झोला, विद्यालय पोशाक, कपी, कलमलगायतको शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रमुख अतिथि पोखरा–९ का वडा अध्यक्ष रामराज लामिछानेले अपाङ््गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे । अपाङ्गता भएका विद्यार्थीको पुनस्र्र्थापना र सशक्तिकरणका लागि वडाले संघलाई एक लाख रुपैयाँ सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामराज लामिछानेले पोखराको ९ नं वडालाई बालमैत्री र अपाङ्गतामैत्री वडाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । अपाङ्गता भएका बालबालिकालाई वडाले सहयोग पु¥याउँदै आएको वडा अध्यक्ष लामिछानेको भनाई थियो । उनले वडाभित्र रहेको अपाङ्गता भएका बालबालिकालाई वडाले छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रकाश शर्मा, शान्ति दर्शन टोलविकास संस्थाकी अध्यक्ष दिलमाया गुरुङ, शान्ति वन टोल विकास संस्थाका अध्यक्ष बलराम पहारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष बुद्धिबहादुर पन्त बाग्दासको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजकुमार खरेलले स्वागत र सदस्य विज्ञानराज पन्तले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१