काठमाण्डौ, २२ वैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।
शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको भट्टराई र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने कार्यक्रम छ। लामो समयदेखि नयाँ शक्ति र फोरमबीच पार्टी एकता गर्ने छलफल चलेको थियो।
अब बन्ने पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन्। संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको हो। पार्टीभित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहनेछन् । संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन्।
संघीय समाजवादी फोरमले पार्टी एकता हुनुअघि सरकार छाड्नुपर्ने अडान नयाँ शक्तिले राखेको थियो। तर संविधान संशोधनका लागि सरकारलाई समय दिने र त्यो समयभित्र संविधान संशोधन नभएमा सरकार छाड्ने तयारी छ। सरकार छाड्नेबारे पार्टी एकतापछि नै छलफल गरी निर्णयमा पुग्ने उनीहरुको भनाइ छ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१