काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा धेरै निरक्षर रहेको मुस्लिम समुदायलाई सरकारले अघि बढाउन चाहेको बताताएका छन् ।
राष्ट्रिय मुस्लिम आयोगले शिनवार यहाँ आयोजना गरेको मुस्लिम समुदायको हकहितको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गदैर् उनले बालबालिकालाई शिक्षा दिनुपर्नेमा जोड दिन आह्वान गरे । “अनिवार्य बालबालिकालाई विद्यालय पठाउनेबाट हाम्रो विकास शुरु हुन्छ, कति दिन बिदा दिने भन्ने विषयबाट होइन, अन्य देशका मुस्लिम समुदायका महिलाले राम्रो पढाइलेखाइ गरेका छन्, त्यो स्थिति अब हाम्रा छोरीमा पनि बनाउनुपर्छ, यसमा सामाजिक जागरण ल्याउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने ।
शिक्षाका माध्यमबाट महिलामा उद्यमशीलता, सामाजिक जागरण, आँखा जुधाएर बहस गर्न सक्ने बनाउन उनले मुस्लिम समुदायलाई आह्वान गरे । जनसङ्ख्या थोरै भए पनि सबै शिक्षित एवं राम्रो स्थानमा उठाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
“विश्वमा यहुदी समुदाय थोरै भए पनि सबै डाक्टर, इञ्जिनीयरसहित राम्रो स्थानमा छन्, कति छौँ भन्ने होइन कहाँ छौँ भन्नेमा हाम्रो ध्यान जानुपर्छ, सरकार एउटै जाति, भाषाभाषी एवं धर्म समुदायका मानिसको नभएकाले सबैलाई समान व्यवहार गर्छ”, उनले भने ।
बारा र पर्साका हावाहुरीपीडितलाई वर्षात्अगावै घर बनाउने जिम्मा नेपाली सेनालाई दिइएकाले छिटो काम हुने आशा प्रधामन्त्री ओलीले व्यक्त गरे । शुक्रबार ल्याइएको सरकारको नीति तथा कार्यक्रममा कसैलाई भोकै बस्न नपर्ने सोच अघि सारिएको उनले सुनाए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्य मुलुकका मुस्लिम समुदायभन्दा नेपालका मुस्लिम तुलनात्मक रुपमा खुशी रहेको प्रतिवेदन अन्तर्राष्ट्रियस्तरको अध्ययनबाट देखिएको बताए ।
“गरीबी र शिक्षाका दृष्टिले अहिले पनि मुस्लिम समुदाय पछि रहेकाले आयोगले यीलगायत समस्या समाधानको उपाय ल्याउनुपर्छ, आवश्यक पर्दा प्रधानमन्त्रीसँग पनि बसेर छलफल गर्नुपर्छ”, उनले भने ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१