काहूँ धरहरा संरक्षण समितिमा गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७६
News photo Indra Bahadur gurung

पोखरा, १ बैशाख । पोखरा–११ काहूँ स्थित काहूँ कोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिमा आगामी तीन बर्षका लागि पुन सु. इन्द्र बहादुर गुरुङ सर्वसम्वत अध्यक्षमा चयन भएका छन् ।

समितिको शनिबार सम्पन्न चौथो साधारण सभा तथा दास्रो अधिवेशनबाट उपाध्यक्ष सूर्य बहादुर कार्की, सचिव कुमार बहादुर क्षेत्री र कोषाध्यक्षमा ज्ञानु कार्की चयन भए भने सदस्यहरुमा इश्वरी प्रसाद आचार्य, सुनिल लामिछाने, सावित्री आचार्य, गंगा आचार्य, प्रेम बहादुर गुरुङ र गुरु प्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ११ का कार्यवाहक अध्यक्ष मिन बहादुर गुरुङ, वडा सदस्य जङ बहादुर हमाल ठकुरी, काहूँ वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीपक प्रकाश आचार्य, धारापानी वन उपभोक्ता समितिका अध्यक्षका कुमार बहादुर क्षेत्री, नेकपा वडा नं ११ का अध्यक्ष नारायण प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा ११ का सभापति दशरथ आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष सु. इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष बोधराज घिमिरे र सञ्चालन सचिव काशीनाथ लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width