पोखरा, १८ चैत । फोटो पत्रकार विश्वरत्न शाक्यले संकलन गरेको तस्वीरको किताब ‘पोखराः हिजो र आज’ पोखरामा सोमबार लोकर्पाण गरिएको छ । झन्डै चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका चार सय बढी तस्वीर रहेको किताबको प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले लोकार्पण गरे ।
फोटो किताबको लोकार्पण गरिसकेपछि बोल्दै प्रदेश प्रमुख कुँवरले विभिन्न कालखण्डको पोखराबारे जानकारी दिने एउटा गलितो अभिलेख यो किताब आएको बताए । ‘भावी सन्तान, दरसन्तान र नयाँ पुस्तालाई पोखराको अध्ययनमा यो किताबले सघाउ पु¥याउनेछ भन्ने मेरो विश्वास छ’ उनले भने,‘सही समयमा सही पुस्तक निकालेर विश्वरत्न शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएका छन् ।’
प्रदेश प्रमुख कुँवरले पोखराबासी, गण्डकी प्रदेशवासी मात्र नभई देशको अभिलेखयोग्य र सूचनाको गहिरो स्रोतको रुपमा किताब संग्रहणीय भएको सुनाए ।
पोखरामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरामा आउने स्वदेशी तथा विदेशी पाहुनालाई उपहारका रुपमा यो किताब दिने व्यवस्था महानगरले गर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले किताबमा समावेशम तस्वीरले तत्कालीन पोखराको विविध पक्षको जानकारी दिएको बताए ।
शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न, बुझ्न चाहनेहरुका लागि उपयोगी भएकाले हरेक घरघरमा राख्न योग्य किताब भएको बताए । उनले यो किताबलाई प्रचारप्रसार गर्न स्थानीय निकायले भरपुर सहयोग गर्नुपर्ने औंल्याए ।
किताबका स्रष्टा, लेखक, तस्वीर संकलक फोटोपत्रकार शाक्यले नौ वर्षको कडा महेनत र विभिन्न चुनौती सामना गरेर किताब तयार गरिएको बताए ।
नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले किताब सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सहयोगी रहेको बताए । स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन स्वतन्त्र पत्रकार महासंघले गरेको थियो । किताबको मूल्य ७ सय २५ रुपैंयाँ भए पनि लोकार्पणका दिन ५ सय रुपैंयाँमा बिक्री गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१