पोखरा, १३ चैत । सुरक्षा वैठकमा गृहमन्त्री र प्रहरीप्रमुखवीच छलफल हुँदा विप्लव माओवादी र सीके राउत सुरक्षा चुनौतीका रुपमा देखिने गथ्यो, त्यो मध्यको सीके राउत वार्तावाट राजनीतिक मूलधारमा र्आ तर विप्लव समूह वार्तामा नआएपछि सरकारले फागनु २८ गते विप्लवमाथि प्रतिवन्ध लगायो ।
प्रतिवन्धसँगै विप्लव समूहमाथि सूरक्षा निकायले देशैभरी धरपकड गर्दै पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । यसैक्रममा पछिललो समयमा ललितपुर, नवलपसारी, काभ्रे, म्याग्दी, कास्की लगायतका जिल्लावाट उक्त समूहका कार्यकर्ता पक्राउ पर्न थाले ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा मंगलवार दोहोरो भिडन्त भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ ।
गस्तीमा रहेको टोलीमाथि विप्लव कार्यकर्ताले फायर खोलेपछि त्यसको जवाफ फर्काएको अछामका प्रहरी प्रमुख जनक शाहीले बताए । शाहीका अनुसार चार जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीले विप्लव समूहले फायर खोलेको बताए पनि विप्लव समूहका एक नेताले भने प्रहरीको भनाइ झुटो भएको दाबी गरे । ‘प्रहरीले सुरूमै हामीमाथि फायर खोलेपछि त्यसको जवाफी फायर हामीले गरेका हौं’, विप्लव समूहका एक नेताले भने ।
चन्द समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घाइते भने सामान्य रहेको वताइएको छ ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१