पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् ।
उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने भएकोले उर्जाको सही सदुपयोग गर्न पनि उनले आग्रह गरे ।
कार्यबाहक अध्यक्ष कोइराला पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय बाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सोमबार आयोजित उर्जा बचत तथा अनुदानबारे जानकारी दिन उक्त कार्यक्रम गरिएको हो । दुई वर्षअघि देशले उर्जा संकट भोग्दैगर्दा उद्योग÷व्यवसायको लागत बढेको स्मरण गर्दै उर्जाको चुहाबट नियन्त्रणतर्फ पनि ध्यान पु¥याउनु पर्नेमा कोइरालाको जोड थियो ।
जर्मन सहयोग संस्था ( जिआइजेड) उर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो । जर्मन विकास बैंकमार्फत आउने सो अनुदान रकम राष्ट्रिय बाणिज्य बैंकले प्रबाह गर्नेगर्छ । ठूला,साना र मझौला सबैखाले उद्योग व्यवसायमा उर्जा बचतको लागि यो परियोजनामार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था रहेको छ ।
उर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी÷व्यवसायीहरुले आफ्नो प्रतिष्ठानले खपत गर्ने उर्जाअडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगहरुले बैंकबाट ऋण समेत लिएको हुनुपर्नेछ । १० लाख लगानी भएका उद्योगलाई उर्जा बचतको लागि ३० प्रतिशत, मझौला उद्योगलाई २० र ठूला उद्योगको हकमा १५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने आइएसओ १४००१ तथा आइएसओ २६००० प्राप्त उद्योग व्यवसायलाई चार प्रतिशत थप अनुदान प्रदान गरिने राष्ट्रिय बाणिज्य बैंकका कर्पोरेट तथा सेल्स बिभाग प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिए ।
बैंकमार्फत अनुदान माग गरेमा थप ५ प्रतिशत अनुदान थपिने छ । संघका महासचिव अर्जुन पोखरेलले उर्जा अडिटले चुहाबट नियन्त्रण गरी लागत घटाउन मद्धत पु¥याउने भएकोले यो परियोजनाबाट लाभ लिन उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१