हुम्ला, ३० फागुन । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन सकेकी छैनन ।
उनका आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन् ।
बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग विहीवार बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ । नेपाल सरकारले सुत्केरी महिलाको उपचारमा प्राथामिकता दिने भनेतापनि गर्भवती महिलाहरुले सुत्केरी हुन नसक्दाको पीडा भोगिरहनु परेको छ ।
उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु
अपडेट
हुम्ला, ३० फागुन । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा विहीवार बिहान उनको उद्धार गरिएको छ ।
कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन ।
हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उनले शिशु जन्माउन सकिएन ।
विहीवार बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पु¥याएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालले जनाएको छ ।
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१