पोखरा, २७ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले वीरगञ्ज क्याम्पस, वीरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
“आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता” भन्ने मूल नाराका साथ वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारीवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोगबारे चेतनाको अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ कार्यक्रम गरेको जनाएको छ । साथै सफा नोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय साक्षरता दिइयो ।
प्रमुख अतिथि क्याम्पस प्राचार्य विनोदकुमार गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ, सो प्रशंसायोग्य रहेको बताए । कार्यक्रममा १ सय जना विद्यार्थीको सहभागीता रहेको थियो।
हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार जना स्थानीय तथा विद्यार्थी सहभागी भैसकेको दाबी गरेको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१