नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीमा एकराज गिरी

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५
NSFJ, Gandaki

पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् ।

मञ्चको अध्यक्ष पदमा मात्र भएको निर्वाचन गिरीले २४ मत ल्याए । प्रत्यासी दिननाथ बरालले २३ मत ल्याए । मञ्चको अन्य पदाधिकारी तथा सदस्य पदमा भने निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा शशी पौडेल र सदस्यहरुमा खुलातर्फ नारायण शाही, उमेश पुन, रोशन अधिकारी समावेशीतर्फ महिला सदस्यमा कविता घर्तिमगर, जनजातितर्फ गिता रानामगर र दलिततर्फ सुरेन शुशिल निर्विरोध चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width