मनाङ, २५ फागुन । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक नेपाली ट्रेकिङ गाइडको मृत्यु भएको छ भने एक बिदेशी नागरिक वेपत्ता भएका छन् ।
हिम पहिरोले पुरिएर मृत्यु हुनेमा धादिङका अजय ढकाल रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोमा नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम वेपत्ता छन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा हिडेका थिए ।
मनाङको निस्याङ गाउँपालिका—१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न सकिएको छैन । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरक्षिक श्रवण कुमार विकका अनुसार मनाङबाट फर्किने क्रममा फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए ।
पहिरोमा खसेका उनीहरुको खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको थियो । ढकालको शव शल्यपरीक्षण गरी शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१