वालिङ, २४ फागुन । १०९ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा वालिङ नगर कार्यपालिकाको आयोजनामा शुक्रबार वालिङमा खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ‘लैङगिक समानताका लागि समान सोँच र ब्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ यस वर्षको नारी दिवस मनाईएको हो ।
वालिङ नगरभित्र रहेका विभिन्न विद्यालयका छात्राहरु तथा अन्य महिलाहरुले प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए भने अप्रतियोगिकोरुपमा पनि सहभागी महिलाहरुले आ–आफ्ना भनाईहरु राखेका थिए ।
प्रतियोगितामा नेपाल आदर्श क्याम्पसकी सम्झना कोईराला प्रथम, पाईनिअज बोर्डिङ स्कूलकी रचना थापा द्वितीय र नेपाल आदर्श क्याम्पसकी राधा पंगेनीले तृतीय स्थान प्राप्त गरे ।
बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक ब्यक्ति ब्यक्तिको सोँचमा परिवर्तन आवश्यक रहेको बताए ।
उनले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिए ।
“विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” नगर प्रमुख खाँणले भने, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।”
अब बस्ती बस्तीहरुमा सकारात्मक सोँचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै नगर प्रमुख खाँणले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले मानिसको सोँच र ब्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताईन् । उनले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनस्र्थापित गर्न खोजेको उल्लेख गरिन् ।
वक्तृत्वकला प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले प्रतियोगितामा पालना गर्नुपर्ने नियमकाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सचिव भुपराज बगाले, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रेले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार ब्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन कार्यपालिका सदस्य युगमाया पंगेनीले गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१