पोखरा, २३ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनसीसीले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडी आरिफ सेख र रोहितकुमार पौडेललाई दुई वर्षका लागि बैंकको ब्राण्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ ।
बैंकले बुधबार पत्रकार सम्मेलनबीच बैंकका एम्ब्यासडरहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बैंकका नव नियुक्त एम्ब्यासडरहरु आरिफ सेख र रोहितकुमारले क्रिकेटमा आफ्नो यात्रा, कठिनाई तथा चुनौतिहरु, सफलता र भावी योजनाहरुको बारेमा बोलेका थिए ।
बैंक सञ्चलक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेटका उदीयमान खेलाडीहरु आरिफ सेख र रोहतकुमार पौडेललाई बैंकको एम्ब्यासडरको रुपमा आबद्ध गराउन पाउँदा खुसी व्यक्त गरे ।
बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालले क्रिकेटका उदीयमान खेलाडीहरुलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको गौरव बढेको जनाए । बैंककले आबद्ध खेलाडीहरुको बृत्ति विकासका लागि मासिक रुपमा उनीहरुलाई जनही २५ हजार उपलब्ध गराउने जानकारी दिए ।
नेपाली क्रिकेट राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटाले एनसीसी बैंकले क्रिकेटका खेलाडीहरु आरिफ सेख र रोहितकुमारलाई बैंक एम्ब्यासडर बनाएकोमा नेपाली क्रिकेट क्षेत्रमा खेलाडीहरुको उज्वल भविष्य रहेको बताए ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरलगायत हिमालदेखि पहाड र तराईसम्म आफ्ना १२५ वटा शाखाहरुबाट ग्राहकबीच संपूर्ण बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१