काठमाण्डौ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा लगायत ६ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर र हेलिकप्टरमा सवार बुधबार विहानदेखि सम्पर्क विहीन छन् ।
तेह्रथुमको अठराई चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो। एयर डाइनेस्टीको सो हेलिकप्टर पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए।
दुर्घटना भएको भनिएको हेलिकप्टरमा प्रभाकर केसी क्याप्टन छन्। मन्त्री अधिकारसँगै हेलिकोप्टरमा यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरेसहित ६ जना छन्।
न्यौपानेले ताप्लेजुङको पाथिभराबाट उडेको केहीबेरमै पड्किएको आवाज सुनिएको र त्यसपछि हेलिकोप्टर सम्पर्क विहीन भएको बताइएको छ । घटनाको सूचना प्राप्त भएपछि ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका डीएसपी सञ्जयसिंह थापाको नेतृत्वमा ११ जनाको टोली दुर्घटनास्थल तर्फ गएको छ ।
तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंका अनुसार मन्त्रीसहितको टोली अठराई चुहानडाँडाको अवलोकनपछि ताप्लेजुंगतर्फ लागेको थियो। ‘जिल्लाको आठराईस्थित चुहान डाँडामा निर्माण गर्ने भनिएको विमानस्थलको अवलोकन गरेर फर्की सक्नु भएको थियो, यहाँको काम सकेर तेह्रथुमसँगै जोडिएको ताप्लेजुङतर्फ उक्त टोली लागेको थियो ।
तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले भनिन् ‘पाथिभराको दर्शन गर्न जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो।’ काठमाडौँबाट बिहान आठ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) सो हेलिकप्टर दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले राज्य व्यवस्था समितिको बैठकमा जानकारी गराइसकेका छन् ।
तेह्रथुमको आठराई स्थित हेलिप्याड निरीक्षण गरि पाथिभरा मन्दिर दर्शन गर्न उडेको मन्त्री अधिकारी चढेको हेलिकप्टर दाह्रेभीरमा दुर्घटनाग्रस्त भएको देखेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए।दुर्घटनामा परी हेलिकप्टरमा सवार ६ जनाको नै मृत्यु भएको हुनसक्ने वताइएको छ तर नेपाल सरकारले आधिकारीक पुष्टि भने गरिसकेको छैन । हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१