पोखरा, २३ माघ । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।’
साथै प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम, पदसहितको विवरण पनि मासिक रुपमा विभागमा पठाउन श्रम कार्यालयहरुलाई निर्देशन दिइएको छ ।
नेपालमा ठूलो संख्यामा भारतीय नागरिकहरु बिना श्रम स्वीकृति कार्यरत छन् । खुला सीमानाका कारण सहजै नेपाल आउन सकिने भएकाले भारतीयका लागि नेपाल सहज श्रम गन्तब्य बनेको छ ।नेपालका विभिन्न कलकारखाना, होटल, प्रतिष्ठान, विकासे आयोजना तथा कार्यालयमा ठूलो संख्यामा भारतीय श्रमिकले काम गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१