खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशन

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५

पोखरा, १३ माघ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ ।

बनभोजबीच भएको सो कार्यक्रममा मञ्च कोषाध्यक्ष विजय नेपालले आयव्यय सार्वजनिक गरेका हुन् । जसअनुसार अवार्डमा ८ लाख १५ हजार ७१ रुपैयाँ ४६ पैसा आम्दानी भएकोमा ६ लाख ९९ हजार ३ सय ९५ रुपैयाँ ७२ पैसा खर्च हुन गएको छ भने बचत १ लाख १५ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैक्रममा मञ्चले आयोजना गर्ने सबैभन्दा ठूलो इभेन्ट पोखरा स्पोर्टस् अवार्डको आगामी चौथो संस्करणको लागि सहयोग आउने क्रम सुरु भैसकेको छ । एन्फा कास्की सदस्य पोखरा–१, बुद्धटोल निवासी राधा गुरुङले सोही अवसरमा ५ हजार ५५ रुपैयाँ मञ्च अध्यक्ष केशव पाठकलाई प्रदान गरिन् ।

यस्तै, रमाइलो खेल अन्तर्गत कुर्सी दौडमा मञ्च उपाध्यक्ष दीननाथ बराल र घैंटो फुटाउने प्रतियोगितामा कोषाध्यक्ष विजय नेपाल विजयी भए । उनीहरुलाई पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

मञ्च अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले संचालन गरेका थिए । मञ्चको तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ का सवोर्त्कृष्ट खेलाडी बन्न सफल भएका थिए । उनीहरुलाई क्रमशः टिभिएस अपाचे मोटरसाइकल र वीगो स्कूटर प्रदान गरिएको थियो ।

त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षक शारीरिक सुगठनका जीवन घिमिरे र उदियमान खेलाडीमा मेखबहादुर सेन थापा घोषित भइ जनही १५ हजारसहित बल्र्ड वाइड कनेक्सनबाट उपलब्ध सामसङ मोवाइल पाएका थिए ।

लाइफटाइम एचिभमेन्ट अवार्ड प्राडा वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएकोमा कास्की जिल्ला ब्याडमिन्टन संघ उत्कृष्ट संघको रुपमा १० सहित सम्मानित भएको थियो । यसैगरी, पत्रकार सन्तोष पोखरेललाई उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारवापत १५ हजारसहित सामसङ मोवाइल दिइएको थियो ।

विसं २०५७ सालमा स्थापित मञ्चमा विशेषतः खेलकुद बिटमा कलम चलाउने ५५ जना बढी पत्रकार आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width