पोखरा, २४ पुस। आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित गरी संरचना निर्माणका लागि अघिल्लो वर्ष भत्काइएको पोखरा रंगशाला अहिलेसम्म खण्डहर छ। अघिल्लो वर्ष रंगशालामा हुने मुख्य प्रतियोगिता आहा रारा गोल्डकप नै प्रभावित पाने गरी भत्काइएको संरचना कहिलेसम्म बनिसक्छ अझै टुंगो छैन।
खेलकुदको सवोच्च संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भारतीय कम्पनी जेभीएमए र नेपाली कम्पनी जिएसआईसँग पुस १३ गते निर्माण सम्झौता गरेको छ। निर्माणको जिम्मा पाएसँगै कम्पनीले सोमबारदेखि सभेको काम थालिसकेको छ। रंगशालाको साविकको फुटबल मैदानमा १ अर्ब २८ करोड रुपैयाँ लागतमा आधुनिक स्टेडियम बनाउन लागिएको निर्माण कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार ६ महिनाभित्र सुविधासम्पन्न फुटबल स्टेडियम बनिसक्छ। तर हाल सम्झौता गरिएको कम्पनीले यसअघि नै राम्रो छाप छोडेको छैन। पोखरा रंगशाला परिसरमै झण्डै ३ हजार क्षमताको कभर्ड हल बनाउन १५ महिनाको सम्झौता गरे पनि कम्पनीले ५ वर्ष बितिसक्दा अझै बनाएको छैन। २०७० चैतमा १५ महिनाभित्र बनाउने सम्झौता गरेको कभर्ड हल अहिले निर्माणको अन्तिम चरणमा छ।
यता प्रदेश सरकारले पोखरा रंगशाला आफूले बताउने जनाएको छ। चीनियाँ कम्पनीसँग प्रारम्भिक छलफल भैइसकेकोले माघ ७ गते रंगशाला निर्माणको सम्झौता हुने भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। गएको मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चाइना रेलवे फोर्टिन्थ ब्यूरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेको थियो। करिब ७ अर्ब हाराहारी लगानी गरेर अन्तराष्ट्रियस्तरको खेलकुद स्टेडियम बनाउने योजना रहेको बस्नेतले बताए।
तर प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा रंगशाला निर्माण झनै अन्यौलमा फसेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाहीँ केन्द्र सरकारले असहयोग गरेको आरोप लगाए। ‘खेलकुद मन्त्रीसँग पनि कुरा गरेको छु, १ अर्बले केही पनि हुँदैन, हामी गछौं भनेको हो। चिनियाँ कम्पनीले फिजिविलिटी स्टडी सकेर डिपिआरको लागि आउँदैछ,’ मुख्यमन्त्री गुरुङले भने, ‘अहिले हामीलाई नसोधीकन माथि सम्झौता भएछ। पहिले पनि राम्रा कम्पनीलाई डिस क्वालिफाई गरेर कमिसनको चक्करमा ठेक्का दिन लागेको सुनिएको थियो। खेलकुदमन्त्रीले प्रदेश सरकारलाई असहयोग गर्नुभयो।’ उनका अनुसार पूरा लागतमध्ये ५० प्रतिशत सरकारले ब्यहोने र बाँकी ५० प्रतिशत इपिसी मोडलमा काम गने तयारी थियो।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पनि प्रदेशले आफूलाई जानकारी नगराएको बताए। उनले अहिलेकै रंगशालालाई अन्तराष्ट्रियस्तरको बनाउन नसकिने बताए। ‘अहिलेको रंगशाला ४ सय रोपनीभित्र छ। शहरीकरण हुँदै गएपछि साँघुरो हुन्छ। अन्तराष्ट्रियस्तरको रंगशाला बनाउन १ हजार रोपनी जग्गा चाहिने रहेछ,’ उनले भने, ‘मुख्यमन्त्रीसँग पनि कुरा गर्छु। अब नयाँ जग्गा खोजेर अन्तराष्ट्रियस्तरको रंगशाला बनाउनुपर्छ।’ पोखरा–१५, द्वारे खरबारीलाई रंगशालाका लागि प्रस्ताव गरेर चालु वर्षमै ५० लाख विनियोजन गरेको उनले जानकारी दिए। तर त्यही जग्गा प्रदेश प्रहरी तालिम केन्द्र निर्माणका लागि हस्तान्तरण गरिसकेको छ। मन्त्री विश्वकर्माले भेंडीफाराम नजिकको जग्गा अघि सारेका छन्। ‘१३ औं सागको महिला फुटबल पोखरामै गने निर्णय छ। सेप्टेम्बरमा गेम हुन्छ। असार मसान्तसम्म स्टेडियम बनाइसक्नुपर्छ,’ उनी भन्छन्, ‘चाइनीजले जेठसम्म काम गर्न सके टेण्डर क्यान्सिलको कुरा पनि सोच्न सकिन्छ। नभए फुटबल स्टेडियम यसैलाई बनाउन दिएर अरु चाइनीज टीमलाई दिन सकिन्छ। तर अन्तिममा दीर्घकालीन ठाउँ चाहीँ खोज्नैपर्छ।’चीनियाँ कम्पनीले फुटबलसहित क्रिकेट स्टेडियम, स्वीमिङ पुल, एथलेटिक्स अपार्टमेन्ट, आर्चरी तालिम केन्द्र, बहुउद्देश्यीय सभाहल निर्माण गने गरी प्रारम्भिक डिजाइन प्रदेश सरकारलाई बुझाइसकेको छ। सोही डिजाइनअनुरुप सरकारले काम अघि बढाउन केन्द्र सरकारसँग स्वीकृति मागेको थियो। तर स्वीकृति दिनुभन्दा पहिले नै केन्द्र सरकारले भारतीय कम्पनीलाई रंगशाला निर्माणको ठेक्का सुम्पिएको हो।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१