पोखरा, १८ पुस। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ। शैक्षिक तथा सामाजिक विकास केन्द्र नेपालको आयोजना तथा ओसाकाको सहयोगमा ८३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समिति सदस्य सोमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई झोला, स्टेनरी सामग्री र टोपी वितरण गरिनुका साथै विद्यालयलाई २० सेट फर्निचर समेत हस्तान्तरण गरिएको थियोे।
कार्यक्रममा जापानीज नागरिक मितसुहिस कुरोहीले गरिब तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा आफूहरुले सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।
कार्यक्रममा सहयोगी जापानीज नागरिकलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रम समन्वय गरी आयोजना गर्न सहयोग पुर्याउने शैक्षिक तथा सामाजिक विकास केन्द्र नेपालका उपाध्यक्ष सम्झना वन लगायत सम्पूर्ण पदाधिकारीलाई विद्यालयका तेजप्रसाद शर्माले धन्यवाद दिए। उनले विद्यालयलाई अझै ३० सेट फर्निचर आवश्यकता रहेको तथा सम्पूर्ण गरीब विद्यार्थीलाई पोशाक र कम्प्युटरको समेत आवश्यकता रहेको भन्दै जापानीज सहयोगदातासम्म मागपत्र पेश गरे।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापक समिति पदाधिकारी, सहयोगी जापानीज नागरिकको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१