काहूँ धरहरा महोत्सव सम्पन्न

आदर्श समाज सम्वाददाता
पौष ९, २०७५

पोखरा, ८ पुस । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव आइतबार सम्पन्न भएको छ।

महोत्सव समापन अवसरमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने बताए।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय क्षेत्रमा प्रचूर मात्रामा रहेको काहुँ क्षेत्रमा जग्गा खरिद गरी बाँझो राखन नहुनेमा जोड दिए। होटल रेष्टुरेन्ट स्थापना गरी स्थनीय कृषि उत्पादनलाई स्थानीय क्षेत्रमै प्राथमिकता दिइनुपर्ने बताए।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, महोत्सवको मुख्यप्रायोजक एनएमबी बैंकका गण्डकी प्रदेश उपप्रमख अमृतराज बास्तेाला, समाजसेवी टीकाबहादुर काकी लगायतले काहुँलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए। महोत्सव संयोजक दीपकप्रकाश आचार्यले महोत्सव अवधिभर कुल ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए।

महोत्सव समापन अवसरमा विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरियो ।

रत्यौली गीत प्रतियोगितामा काहुँ कालिका समूह प्रथम, काहुँ आदर्श आमा समूह दोस्रो, आर्वा दिदीबहिनी समूह तेस्रो, नमूना आमा समूह र हेमजा आमा समूह सान्त्वना भए।

खुला लोकदोहोरीगीत प्रतियोगितामा बाराही दोहोरी साँझ प्रथम, दर्पण छाया दोहोरी साँझ दोस्रो, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङ तेस्रो र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान हेमजाले सान्त्वनाको पुरस्कार पाए।

कवितावाचन प्रतियोगितामा संगम संयोग प्रथम, केआर ढकाल दोस्रो, तारानाथ पराजुली तेस्रो र नीरज दाहाल सान्त्वना भए।

खेलकुदतर्फ साइकल रेस, पर्वतीय दौड र चित्रकला प्रतियोगितालाई समेत पुरस्कृत गरिएको प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए।

विगत २०६२ र २०६५ सालमा दोस्रो संस्करणसम्म काहुँ महोत्सव सम्पन्न गराएको योगदानको कदरस्वरुप तत्कालीन महोत्सव संयोजक इश्वरीप्रसाद आचार्यलाई तेस्रो संस्करणको समापनमा सम्मान गरिएको थियो।

महोत्सव आयोजक जनकल्याण क्लब अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत फूलबारी क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोला र संचालन फूलबारी क्लब सचिव एवं प्रचार संयोजक दामोदर आचार्यले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width