पोखरा, २७ मंसिर । भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित रहेर चलचित्र ‘नि-प्हुगाल’ (हामी भुजेल) निर्माण गरिएको छ । फिल्म मंसिर २९ मा पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिरमा प्रिमियर शो हुनेछ।
भुजेल समाज सेवा समिति, केन्द्रिय समिति र भुजेल चलचित्रकर्मी संघ केन्द्रिय समितिको सक्रियतामा भकारी इभेण्टसको व्यानरमा निर्मित फिल्मले भुजेल जातिको पहिचान सहित भुजेल भेषभुषा, कलासंस्कृति सर्म्बर्द्धन एवं प्रवर्द्धन हुने विश्वास लिएको विहीवार आयोजित पत्रकार सम्मेलनमा भुजेल समाज सेवा समितिको निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।
कृष्ण कुमार गुरुङले निर्देशन गरेको फिल्ममा ६१ जना कलाकारले अभिनय गरेका छन्।
जसमा नायक भिम भुजेल, नायिका पूजा भुजेल सहित सुरज भुजेल, मिनु भुजेल, सचिन भुजेल, कला भुजेल, कमल भुजेल, जुनुमाया भुजेल, रेशम भुजेल लगायतको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल र सह-निर्मातामा कोपिला भुजेल रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै निर्माता कमलबहादुर भुजेलले जनचेतनाका लागि फिल्म निर्माण गरिएको बताए। चलचित्र प्रदर्शनपछि संकलित रकम भुजेल जातिकै हितका लागि खर्चिने पनि उनले बताए।
कमल भुजेलको कथा रहेको फिल्मको छायांङ्कन तनहुँको भुजेल बस्ती आदिमुल र पोखराका विभिन्न क्षेत्रमा गरिएको छ। चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा प्रयोग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१