पोखरा, २ मंसिर। ‘फेवाताललाई बचाऔं, भावी सन्ततीको नासोलाई जोगाऔं’ भन्ने मूलनाराका साथ खहरे आमा समूहले ९१ औं हप्ताको फेवाताल सरसफाइ गरेको छ।
यसपटक खहरे फनपार्कदेखि स्वीमिङपुलसम्म सरसफाइ गरिएको थियो। सरसफाइका लागि लायन्स क्लब अफ पोखरा अञ्जलीकी अध्यक्ष सान्त्वना पराजुलीले खहरे आमा समूहकी अध्यक्ष मैया थापा भट्टराईलाई बाल्टिन, पञ्जा र फोहोर उठाउने प्लाष्टिक हस्तान्तरण गरेकी थिइन्।
सरसफाइमा बेलायतका नागरिक एलेन र जनपूरका सामाजिक अभियन्ता वैद्यनाथ शाहको टोलीले पनि सहभागिता जनाएको थियो।कार्यक्रममा पोखरा ६ का वडासदस्य विष्णु भट्टराई, लायन्स क्लब अफ पोखरा अञ्जलीकी अध्यक्ष सान्त्वना पराजुलीले बोलेका थिए।
खहरे आमा समूहकी अध्यक्ष मैयाँ थापा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सचिव पम्फा थापाले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१