हेमजा, २६ भदौ। कैलाश विकास बैंकले आफ्नो शाखा हेमजामा स्थापना गरेको छ। योसँगै बैंकका शाखा ५८ शाखा पुगेका छन्। शाखा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वित्तीय संस्था मार्फत आर्थिक कारोबार गर्न नागरिकलाई सुझाव दिँदै वित्तीय संस्थाहरु पनि वित्तीय अनुशासनमा रहनुपर्नेमा जोड दिए।
मेयर जिसीले हेमजामा आलु प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने, आरसीसी घर बनाउन छाडेर हेमजाको जग्गा जोगाइराख्नुपर्ने आवश्यकता औल्याउँदै महानगरले कृषिका लागि विभिन्न ७ पकेट क्षेत्र निर्माण गर्ने सोच बनाएको जनाए।
पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले जनताले कमाएको नगद जम्मा गर्ने ठाँउ बैंक भएको भन्दै बैंकहरुले जनतालाई कमाउन पनि सिकाउनुपर्ने तर्क गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बैंकको सेवा सुविधा र अवस्थाका बारेमा अवगत गराएका थिए।
बैंक अध्यक्ष नारायणप्रसाद पौडेलले कैलाश विकास बैंक पोखराकै अग्रणी फाइनान्स कम्पनी भएको दाबी गर्दै हेमजामा कोल्ड स्टोर निर्माण तथा आलु चिप्स उद्योग स्थापनाका लागि बैंक लगानी गर्न तयार रहेको स्पष्ट पारेका थिए। बैंक अध्यक्ष पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले स्वागत तथा संचालन बैंकका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१