बजारमा तीज गीत चेली-२

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५
cheli

पेखरा, ३० साउन। तीज गीत चेली भाग-२ बजारमा आएको छ। बजारमा केवल मायाप्रेममा आधारित मात्र गीत आइरहका बेला एरेञ्जर तारानाथ आचार्यले तीजको मौलिक विशेषता भल्किने गरी सो गीत बजारमा ल्याएका हुन्।

घरकी एक्ली छोरी पराईलाई दिँदा कस्को मन रुँदैन होला र। यस तीज गीतमा साया भण्डारी र दीपक पौडेलको बेजोड अभिनय रहेको छ।

सानै उमेर, स्कूल पढ्दै गरेकी युवती घरपरिवारको करकापले बिहे गर्न तयार हुन्छिन्। बिडम्बना, बिहेकै दिनबाट उनको दिनचर्या शुरु हुन्छ। यी र यस्तै भावना बोकेको गीतमा  शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ।

गणेश सापकोटाको छायांकन तथा सन्तोष सारुमगरको सम्पादन रहेको गीतलाई डिजिटल स्टार प्रालिले बजारमा ल्याएको हो।

महिला दिदीबहिनीको कहानी समेटेको गीतले छोटो समयमै सबैको मन जित्न सक्ने निर्माता एवं एरेञ्जर आचार्यको विश्वास छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts