चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि बुधबार दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ।
सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा प्रहरी र तीनपाङ्ग्रे चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाईफाएर र अश्रुग्यास प्रहार गरेको बताए।
सो क्रममा आन्दोलनकारीले ना१६प ९४०७ नम्बरको मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए। झडपका क्रममा तीनजना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएको र केहीलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।
दिउँसो १२ बजेबाट तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेका थिए। प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप भएको हो। भरतपुर महानगरले पूर्व-पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ-मुग्लिन सडकमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ।
तीनपाङ्ग्रे चालकले ती मुख्य सडकमा पनि चलाउन पाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१