पोखरा, २७ असार । गण्डकी प्रदेशसभाले पारित गरेका ५ वटा विधेयक प्रदेश प्रमुख बाबुराम कुँवरले बुधबार प्रमाणिकरण गरेका छन्।
उनले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश आकस्िमक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’र ‘खोप सेवा -सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका हुन्।
नेपालको संविधान धारा १९९ को उपधारा १ मा गण्डकी प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने प्रावधान छ। पारित गरिएका दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेशका कार्यबाहक सभामुख सृजना शर्माले प्रमाणित गरेकी थिइन्।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ। ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, असार ५ र ‘आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रदेशसभाले असार ६ गते पारित गरेको थियो।
यस्तै ‘प्रदेश आकस्िमक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘खोप सेवा -सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई असार २४ गते प्रदेशसभाले पारित गरेको थियो।
कार्यबाहक सभामुख शर्माले प्रमाणित गरेका पाँच वटै विधेयकलाई प्रदेशसभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुख कुँवरले पाउनेबित्तिकै बुधबार नै ५-५ प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१