पोेखरा, २३ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले समृद्धि र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताएका छन् । निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधारको विकास गरिने उनको भनाइ छ ।
पर्यटन पत्रकार मञ्च, पोखराद्वारा शनिबार आयोजित ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तक्रिर्यामा उनले एकले अर्कालाई देखाउने प्रवृत्ति त्याग्दै तोकिएका काम गर्ने र एकापसमा समन्वय गरी अघि बढ्नुपर्ने बताए । गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने उनले बताए।
‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ।’ कार्यक्रममा बोल्ने वक्ताले पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशको समृद्धि सम्भव भएको बताए।
पूर्व पर्यटन सचिव किशोर थापाले कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशले पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको बताए। धार्मिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनको प्रधानता रहेको बताउँदै थापाले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको धारणा राखे। पर्यटनका लागि प्रशस्त गन्तव्य रहे पनि उचित प्रचारप्रसार गर्न नसक्नु कमजोरी रहेको उनले बताए। ‘कतिपय स्थानमा सडक यातायातको अभाव छ,’ उनले भने, ‘पर्यटनका लागि आवश्यक जनशक्ति अपर्याप्त हुनुपनि समस्या हो।’
अन्तर्राष्ट्रियस्तरको होटल पर्याप्त मात्रामा उपलब्ध नभएको, अन्तर्राष्ट्रियस्तरको विमानस्थलको अभाव, संघीय संरचना अनुसार होटल क्यासिनो लगायत अन्य प्रोडक्टका लागि प्रदेश तहबाट स्वीकृति दिने विषय, पर्यटन व्यवसायको स्वीकृतिका लागि एकद्वार प्रणाली पनि समस्याका रुपमा रहेको उनले बताए।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले चासो बढाउनुपर्ने धारणा राखे। राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिव जुद्ध गुरुङले गण्डकी प्रदेशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेको बताउँदै प्रवर्द्धनमा जोड दिनुपर्ने बताए।
उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पर्यटन क्षेत्र चौबीसै घण्टा खुला रहनुपर्ने बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य गणेशबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, पोखरा २१ का वडाध्यक्ष खगराज आचार्य, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका उपसचिव दिवाकर पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, मञ्चका अध्यक्ष दीपक परियार, सचिव सुरेन्द्र पौडेल लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१