सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड शुरु

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७५
7 a side

पोखरा, ६ वैशाख। बौद्ध शान्ति क्लब, रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ स्मृति अन्तरक्लब खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ।

अमरसिंह खेल मैदानमा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बयनबहादुर क्षेत्रीले प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए।

खेलुकदसँगै सभ्य समाज निर्माणमा युवाको भूमिका रहने बताउँदै रोजगारीका लागि विदेशिने हजारौं युवालाई देशमै रोजगार दिन सकिए युवा शक्ति नेपालमै बसेर राष्ट्र निर्माणमा लाग्ने उनको भनाइ थियो।

नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुनले सेभेन ए साइड फुटबलले खेलाडी तथा रेफ्रीलाई व्यावसायिक बनाउँदै लगेको बताए। उनले सेभेन ए साइड फुटबलको विकासका लागि संस्थागत सहयोग गर्ने प्रतिबता जाहेर गरे।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडीलाई व्यावसायिक र दक्ष बनाउनका लागि कास्कीले छुट्टै फुटबल टिम निर्माण गर्न लागेको जानकारी दिए।

क्लब अध्यक्ष रोशन गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विष्णु गुरुङका परिवारतर्फबाट जंगबहादुर गुरुङ, क्लबका उपाध्यक्ष सागर गुरुङ, सदस्य अशोक न्यौपाने लगायत बोेलेका थिए। क्लबका सहसचिव शिवानी कुँवरले सञ्चालन गरेकी थिइन्।

उद्घाटन खेलमा मसिनाले सेती ब्वाइजलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गरेको छ।  निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

विजेताले २ लाख २५ हजार र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन्।

सवोर्त्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई जनही ५ हजार सहित ट्रफी तथा अनुशासित टोलीलाई ट्रफी प्रदान गरिने क्लबले जनाएको छ।

४२ टिम सम्मिलित सो प्रतियोगिता वैशाख १४ सम्म चल्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै