पोखरा, ६ वैशाख। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोकस्थित शुक्लागण्डकी माविमा यही वैशाख ११ देखि शुरु हुने विराट शैक्षिक श्रीमद्भागवत् धनधान्याचल महायज्ञको तयारी तीव्र पारिएको छ ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महायज्ञबाट करिब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविलाल पोखरेलले जानकारी दिए ।
उनले प्राविधिक शिक्षालय स्थापनाका लागि विभिन्न श्रोत पहिचानमध्ये शुरुको रोजाईमा महायज्ञ परेको स्पष्ट पारे ।
विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेलले कुन विषयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने भन्नेबारे प्राविधिक शिक्षा समन्वय तथा सहयोग संस्था गठन गरिएको र पछि विज्ञसँग पनि सल्लाह लिइने जानकारी दिए ।
महायज्ञ मूलआयोजक समितिका सचिव रमेश नेपालीले महायज्ञमा धेरै दाताको सहभागिता रहने वातावरण बनेको बताए।
महायज्ञमा प्रमुख वाचक युवापण्डित कमलनयन गौतम रहनेछन्।
महायज्ञ तयारीका लागि १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति र ७५ वटा विभिन्न उपसमिति गठन गरिएको बताइएको छ। महायज्ञ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ।
२०३७ सालमा भकारीको बार र खरको छानोबाट अध्ययन अध्यापन शुरु गरेको शुक्लागण्डकी माविले २०३८ मा कक्षा ८ सम्म, २०४० मा कक्षा १० सम्म र २०६६ बाट उच्च मावि कक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो। विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ३ सय १० जना विद्यार्थी छन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१