पोखरा, ३० चैत। प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारले विगतभन्दा पृथक ढंगले कार्य गर्न आग्रह गरेका छन्। उनले देश नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक व्यवस्थामा शून्यबाट उठ्नु परेकोले जनप्रतिनिधि पृथक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।
प्रेस क्लब पोखरा नेपालको साक्षात्कार कार्यक्रममा नयाँ वर्ष २०४५ को शुभकामना दिं’दै उनले केन्द्र र प्रदेशको सरकार लगायत स्थानीय तहको जनप्रतिनिधि बढी जिम्मेवार बन्न आग्रह गरे।
‘नयाँ संविधान जारीपछि संविधान कार्यान्वयनका लागि तीन चरणको निर्वाचन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘शून्य स्थितिबाट तीनै प्रकारको सरकार उठ्नुपरेकोले सुस्त देखिएको आफूले अनुभव गरेको छु।’
उनले सही कुराको समर्थन र गलत कामको बिरोध भएमात्रै देशले समृद्धि प्राप्त गर्ने जनाए।
विष्टले प्रत्येक प्रदेशसभाका सदस्यले स्वकीयसचिव राख्न पाउनुपर्ने दावी गरे। आफू एक्लैले प्रदेशसभाको बैठकमा स्वकीय सचिवको माग राखेको बताए। उनले आफ्नो शैक्षिक योग्यता कम भएका कारण पनि फाइलिङ गर्नेदेखि प्रदेश सदस्यको बैठक सही व्यवस्थापन गर्न स्वकीयसचिव आवश्यक रहेको औंल्याए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१