नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका थिए। बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्। सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिए। तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भएको भन्दै उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पूरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको दाबी गरे।
आफू सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको भने देउवाले स्वीकार गर्दै आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रूत गतिमा विकास गर्न नसकेको बताए। आफ्नो कार्याकलमा बुढीगण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनाका काम अघि बढेको उनले दाबी गरे। देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन सफल भएको दाबी गरे।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१