पोखरा, २९ पुस।नेपाल रेडक्रस सोसाईटी पोखरा लेखनाथ २, ३ उपशाखाको नेतृत्वमा पुनः खगेन्द्रराज पराजुली चयन भएका छन्।
उपशाखाको शनिवार भएको ११ औं अधिवेशनले चार वर्षे कार्यकाल पूरा गरेका पराजुलीलाई पुनः आगामी नेतृत्व प्रदान गरेको हो।
अधिवेशनले सदस्यहरूमा वडा नं. ३ बाट कृष्णप्रसाद अधिकारी, शान्तिदेवी पराजुली, विष्णुशंकर ख्वाउँजु तथा वडा नं. २ बाट सोमकला पराजुली, धर्मराज सुवेदी, सावित्री बराल पराजुली, गजाधर पौडेल, बिन्दु पराजुलीलाई चयन गरेको छ। यी मध्येबाट पदाधिकारी चयन हुने सभापति पराजुलीले बताए। महिला उपसमितिको नेतृत्वमा गीता कुँवरलाई चयन गरिएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै रेडक्रस कास्कीका सभापति बामदेव ढुंगानाले रेडक्रस अभियान कसैको व्यक्तिगत र आफ्नो लागि गरिने अभियान नभएको भन्दै सबैको साझा अभियान रहेको जनाए। सबैको सहभागिता र सहकार्यले नै अभियान अघि बढ्ने उल्लेख गर्दै उनले विपत्मा परेको देख्दा सेवा र सहयोगभाव जाग्छ भने त्यहाँ रेडक्रसको भावना प्रतिविम्वित हुने बताए।
कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पोखरा वडा नं. २ अध्यक्ष रामेश्वर मल्ल, निवर्तमान सभापति शुशिला पराजुली, रेडक्रस कास्की उपकोषाध्यक्ष एवं उपशाखाका समन्वयकर्ता सुरेन्द्र गुरु, रेडक्रस महिला सदस्य गीता कुँवर, उपशाखा २५ सभापति कृष्णप्रसाद पौडेल, उपशाखा १० सभापति सम्मरबहादुर श्रेष्ठ, सम्मानित व्यक्तित्व सुरेन्द्रमान बिजुक्छे लगायतले बोलेका थिए।
सो अवसरमा २०४६ सालमा उपशाखा स्थापना गर्दाको समयका सभापति शम्भुलाल र्घर्तीसहित सहयोग समितिका केशवराज पराजुली, सुरेन्द्र बिजुक्छे, गजेन्द्र भारी, सनकमान बाटाजु, गौतम विजुक्छे, रामेश्वर मल्ल, रामचन्द्र चौधरीका साथै फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई सम्मान गरिएको थियो। उपशाखा अध्यक्ष खगेन्द्रराज पराजुलीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव सावित्री बराल पराजुलीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष शर्मिला रेग्मीको अनुपस्थितिमा उनकातर्फबाट अध्यक्ष पराजुलीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष गौतम विजुक्छेले स्वागत, सचिव सावित्री बरालले संचालन तथा सदस्य शान्तिदेवी पराजुलीले सात सिद्धान्त वाचन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१