१. १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो। गत वर्षहरुमा भन्दा यसपटक नारी दिवस मनाउनेक्रममा विशेष उत्साह थपिएको अनुभूत गरिएको छ। गत वर्षहरुमा समान सहभागिताको कुरा ठूलो स्वरले उठ्ने गरेको थियो भने यसपटक नेतृत्वमा महिला भन्ने कुरा उठेको छ।
२. राष्ट्रपतिमा विद्यादेवी भण्डारी, प्रधानन्यायाधीशमा सुशीला कार्की र सभामुखमा ओनसरी र्घर्ती आसीन भएर पनि नारीहरु उत्साही भएका हुन्। तीन जना अग्रज महिला तीन शीर्ष पदमा पुग्नु साधारण कुरा होइन। यो एक रेर्कर्ड हो । र, नेपाली महिलाहरुले यसबेला ठूलो उत्साह र उम· लिएर आÇनो कदमलाई अगाडि बढाउनु पर्दछ।
३. शीर्ष महिलाहरु शीर्ष स्थानमा पुगेको बेला अधिकारवादी नेपाली महिलाहरुको इतिहास बुझ्ने, त्यसलाई प्रकाश पार्ने र उनीहरुप्रति आदर सम्मान व्यक्त गर्ने सक्नु पर्दछ। त्यसमा पनि यस वर्ष नेपालमा महिलाहरुको हक अधिकारको कुरा उठेको एक शताब्दी पूरा हुँदैछ। शताब्दी पुरा हुन लागेकोमा विशेष कार्यक्रम राखेर मनाउनु आवश्यक छ।
४. भोजपुरका योगमाया न्यौपानेले १९७४ सालमा महिलाहरुको हक अधिकारको कुरा उठाएर राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पत्र पठाएकी थिइन्। उनको माग पूरा नगरिएकोमा उनी असन्तुष्ट भएर १९९८ मा उनको नेतृत्वमा ६७ जना महिलाले अरुण नदीमा हेलिएर देहत्याग गरेकी थिइन्। त्यसअघि राणा सरकारले उनलाई जेलमा पनि हालेको थियो।
५. महिला शिक्षाको कुरा उठाउने चन्द्रकान्त मल्ल, राजबन्दी कुरा उठाएर जुलुश निकाल्ने दीव्या कोइराला, नेपाल महिला संघ गठन गर्ने मंगलादेवी सिंह, साहना प्रधानलगायत अग्रजहरुलाई सम्झनु पर्दछ। उनीहरुको योगदानको उच्च मूल्यांकन गर्नु पर्दछ। उनीहरुले ज्यान हत्केलामा हालेर त्यो आवाज उठाएका थिए।
६. हाम्रो शिक्षा दीक्षा र हाम्रो समाजमा आएको पश्चिमी हावाको प्रभावले गर्दा हामीलाई पश्चिमका धेरै कुरा थाहा हुन्छ। हामी अमेरिका, रुस, भारत र चीनका कुरा थाहा पाउँछौँ, तर नेपालको इतिहास थाहा पाउँदैनौ। अब समयले कोल्टे फेरेको छ। हामीले पहिलै हाम्रो कुरा थाहा पाउनु पर्दछ र हाम्रो कुरामा गर्व गर्न सक्नु पर्दछ।
७. अधिकारकर्मी योगमायाले महिला अधिकारको कुरा उठाएको एक शताब्दी पूरा हुन गइरहेको कुरालाई महत्वका रुपमा लिनु पर्दछ र त्यसलाई बढी प्रचारप्रसार गर्नु पर्दछ। उनले आÇनो माग पूरा नभएकोमा अग्निदाह गर्न लागेकी थिइन्। त्यसैले उनलाई जेलमा हालिएको थियो। इतिहासको त्यस्तो कुराको हामीले उच्च मूल्यांकन गर्नु पर्दछ र उनीहरुको योगदानको कदर गरी आदर र सम्मान गर्नु पर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१