१. नेपाली समाजमा विवाहको बेला दाइजो लिने दिने चलन बढ्दै गएको कारण त्यसबाट धेरै मानिस आक्रान्त भएका छन्। समाजको एक कलंकको रूपमा जरा गाड्दै गरेको दाइजो प्रथालाई केकसरी हटाउन सकिएला भनी समाजका संवेदनशील अगुवाहरू आत्तिरहेको बेला मुसलमान समुदायका केही मौलानाहरूले एउटा उपाय निकालेका छन्।
२. सुनसरी जिल्लाको इटहरी क्षेत्र नं. ३ मा भेला भएका मौलानाहरूले दाइजोविरुद्ध एकजुट हुने निर्णय गर्दै दाइजो लिन दिन गरिने विवाहमा आफूले ‘निकाह’ नगर्ने भएका छन्। मुस्लिम धर्ममा मौलानाले निकाह पढेपछि मात्र विवाह सम्पन्न हुने चलन छ। मौलानाहरूले समाजमा कलंकको रूपमा रहेको दाइजो प्रथा हटाउने यो राम्रो उपाय सम्झेका छन्।
३. साथै उनीहरूले विवाहमा बढ्दै गएको फजूल खर्च र विकृति विस·ति हटाउन विवाहमा ५० जना मात्र जन्ती जाने, दुलाहा र दुलहीलाई मात्र कपडा लाने नियम पनि पारित गरेका छन्। उनीहरूले दाइजो प्रथा व्यापकरूपले बढेको र त्यसले समाजमा धेरै विकृति लगाइएकोले आफूहरूले त्यस्तो निर्णय गर्नुपरेको बताएका छन्। उनीहरूले दाइजो प्रथाले विवाहका लागि उमेर पुगेका चेलीहरूको समेत विवाह हुन नसकेको पनि बताएका छन्।
४. फागुन ११ गते भएको भेलाले मोहमद मेहदी हसनको अध्यक्षतामा एक परिषद् पनि गठन गरेको छ। परिषद्मा आवद्ध सदस्यहरूले यो नियमलाई कडाइपूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन्। त्यो भेलाले अरुहरूलाई पनि यस्तै निर्णय गर्न र यस्तो राम्रो काममा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
५. नेपालमा तीन दशक पहिलेसम्म यो दाइजो प्रथा थिएन। त्यसबेला दुलही पक्षले जति दिन्थ्यो दुलहा पक्षले उति लिएर आउने चलन थियो। यति र उति चाहिन्छ भन्ने थिएन। यो भारतबाट आएको सरुवा रोग हो। यो रोगले नेपालका सम्पूर्ण प्रायः समुदायलाई ग्रस्त पारेको छ। यो सरुवा रोगलाई केकसरी हटाउने यो एक समस्या भएको छ।
६. नेपालको केही समुदायमा यो ठूलो अभिषापको रूपमा रहेको छ। कतिपयले घरखेत बेचेर तथा ठूलो परिणाममा ऋण लिएर छोरी बहिनीको विवाह गर्नुपर्ने भएको छ। चित्तबुझ्दो मात्रामा दाइजो ल्याउन नसक्ने दुलहीको अकालमा मृत्यु भएको धेरै घटना समाचारमा समेत आउने गरेको छ। तर यो कुरीति कुप्रथालाई के-कसरी हटाउने यसमा गम्भीर किसिमले सोचिएको छैन।
७. यस्तो बेलामा इटहरीका मौलानाहरूले गरेको त्यो निर्णय खास चर्चाको विषय भएको छ। त्यसबाट धेरैले राहतको स्वास फेरेका छन्। समाजमा अगुवाको रूपमा रहेका पुरोहिततहरूले चाहेमा केही गर्न सक्छन्। केही गर्न सक्छन् भन्ने कुरा ती मौलानाहरूले देखाएका छन्। अरुले पनि यस्तै निर्णय गरेमा धेरैको उद्धार हुने देखिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१