१. संविधान निर्माणका लागि निर्णायक वार्ता हुने समाचारबाट आशावादी भएका जनता वार्ता असफल भएपछि निराश भएका छन्। वार्ता असफल भएको मात्र होइन कि अब दुर्इ पक्षबीच वार्ता कहिले हुन्छ भन्ने पनि अनिश्चित छ। लामो समयपछि वार्ताको टेबुलमा आएका नेताहरू फेरि टाढा पुगेका छन्।
२. फागनु १६ गते काठमाडौंको विशाल जुलुशबाट सत्तारुढ पार्टीरू काङ्ग्रेस र एमाले केही झुक्दछन् कि भनी आशा गरेका एमाओवादी र मधेशवादी पार्टीरूले वार्ताको टेबुलमा त्यो आशा नदेखेपछि फेरि आन्दोलनको तयारी गर्न थालेका छन्। तिनीहरूले दोस्रो चरणको भनी चैत महिनाभरिको आन्दोलनको घोषणा गरेका छन्।
३. उता सत्तारुढ काङ्ग्रेस र एमाले सहमतिमा संविधान नबने प्रक्रियामा जानका लागि तयार देखिएका छन्। उनीहरू संविधान सभाको बनोट र उत्तर-दक्षिण, पूर्व-पश्चिम जताततै फर्केका पार्टीरू हेर्दा प्रक्रियामा जानुलाई अनिवार्य सम्भिफन थालेका छन्। त्यसैले उनीहरू प्रक्रियाको लागि प्रश्नपत्र तैयार गर्नु नै आÇनो जित सम्भिफदै छन्।
४. एकातिर एउटा पक्ष आन्दोलनबाट शक्ति आर्जन गर्दै छ भने अको पक्ष भित्रबाट मजबुत हुने कोसिस गरिरहेको छ। ती दुर्इमध्ये कसले कसलाई हराउने हो, निश्चित छैन। सहमतिमा आउन चाहनेले हार र जितको कुरा गर्न नहुने हो, तर सहमति भन्दै आफूले जित्नै पर्ने मानसिकतामा दुबै लागेका छन्। उनीहरूमा निहित यही प्रवृत्तिले स्थिति जटिल बन्दैछ।
५. संविधान बन्न ढिलाइ भएको र अन्तरिम काल लम्बिएकाले समाजमा धेरै विकृति र विङ्गति बढेको छ। अपराधका घटना बढेका छन्। पहिले नसुनिएका जघन्य अपराध अहिले भइरहेका छन्। भ्रष्टाचार उस्तै गरी मौलाएको छ। भ्रष्टाचार विरुद्धको कार्यालय र संस्थामा काम गर्नेहरूले पनि भ्रष्टाचार गरेका तथ्य निरन्तर सार्वजनिक भइरहेका छन्।
६. स्थिति कहालीलाग्दो छ। उता, छ सय एक जना सदस्य भएको जम्बो संविधान सभालाई प्रत्येक महिना मोटो रकम तलब, भत्ता दिएर विगत पाँच वर्षदेखि पाल्नु परेको छ। त्यस दृष्टिले विचार गर्दा हाम्रो संविधानको मूल्य कति पर्ने हो – गरिब देशको संविधान संसारको सबैभन्दा धेरै महंगो हुने भएको छ। फेरि अकोर्तिर, विदेशी हस्तक्षेप उत्तिकै बढेको छ। उनीहरूले प्रत्यक्ष रुपमा ‘यसो गर र त्यसो गरु भन्न थालेका छन्।
७. यी सबै हेर्दा सहमतिमा पुग्नु आजको आवश्यकता हो। तर नेताहरूले यो आवश्यकताका अनुभूति गरेका छैनन्। उनीहरू अडान भन्दै जुँगाको लडाइ लड्दै छन्। कोही हट्ने पक्षमा छैनन्। देश नरामो चक्रब्यूहमा फसेको छ। संविधान निर्माण गर्ने कार्य अझै बिलम्ब हुने भएको छ। कति विलम्ब हुने हो, त्यो पनि निश्चित छैन। अनिश्चय र अन्यौलको खाडलमा हामी दिनहुँ भाँसिएका छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१