१. आज माघ ८ गते। नयाँ नेपालको संविधान घोषणा हुनुपर्ने दिन नेताहरू र राजनीतिक पार्टीरूले संविधान घोषणा हुन्छ भनी प्रतिबद्धता गरेको दिन। संविधानसभाको बैठकले समेत माघ ८ गते संविधान घोषणा गरिनेछ भनी निर्णय गरेको दिन। यो वर्षको सर्वाधिक महत्त्वपूर्ण दिन।
२. सबैले आशा भरोसा गरेको दिन। सबैले प्रतीक्षा गरेको दिन। तर यो दिनको जेजसरी महत्त्व छ भनी व्यग्रतापूर्वक हेरिएको थियो, त्यस्तो केही भएन। यो दिन अन्य दिन जसरी आएको छ, त्यसैगरी आयो र त्यसरी नै गयो जस्तो भएको छ। माघ ८ ले कुनै त्यस्तो छाप र महत्त्व छोड्न सकेन।
३. बरु माघ ८ आउनु पूर्वसन्ध्यामा संविधानसभामा सत्ता पक्ष र प्रतिपक्ष दुर्इ नराम्ररी विभाजित भए। संविधान ल्याउने क्रममा सत्ता पक्षकाले प्रक्रियामा गएर टुङ्ग्याउने निर्णय गर्यो भने एमाओवादीको नेतृत्वमा गठित गठबन्धनले प्रक्रिया मान्न तैयार भएन र त्यसले सहमतिकै लागि भनी जोड गरिरह्यो।
४. सभामुख सुवास नेम्वाङले प्रक्रियामा लगेर भए पनि संविधान छिटो घोषणा गरिनुपर्दछ भनी प्रक्रियामा लैजान खोजेका थिए कि एमाओवादी नेतृत्वको गठबन्धनका सभासद्हरूले विरोध गर्न थाले। उनीहरूले विारेध गर्ने क्रममा संविधानसभाका कुर्ची र माइकहरू तोडफोड गरी सभाध्यक्ष नेम्वाङलाई लक्षित गरी जुत्ता समेत प्रहार गरे।
५. उनीहरूले त्यस दिन संविधानसभामा जुन ताण्डव नृत्य गरे, त्यसले संविधानसभाको भौतिक नोक्सानी त भयो, भयो त्यसले संसदीय इतिहासमा कहिले नमेटिने कालो धब्बा लगायो। एउटा निन्दनीय एवं भर्त्सनायोग्य काम भयो। जुन घटनाले गर्दा सम्बन्धित सबैले शिर निहुर्याउनुपर्यो।
६. माघ ८ मा संविधान घोषणा नहुने त निश्चय नै भयो। तर अब संविधान कहिले घोषणा हुन्छ भन्ने प्रश्न पनि अनुत्तरित रह्यो। आफ्ना प्रतिबद्धता पूरा गर्न नसक्ने पार्टीर पार्टीा नेताहरूलाई फेरि पहिलेझैं त्यसै छाडेमा उनीहरूले बैठक गर्दागर्दै यो दोस्रो संविधानसभाको अवधि पनि त्यसै बिताउन सक्छन्।
७. त्यस्तो अवस्था फेरि नआओस् भनी केही न केही प्रयास गर्नुपर्दछ। नागरिक समाज र मानव अधिकारवादीहरूले छिटो संविधान घोषणा हुने बाटो खोज्नुपर्दछ र नेताहरूलाई त्यसमा बचनवद्ध पार्नुर्पर्दछ । ५/६ वर्ष लगाएर पनि एउटा संविधान बाउन नसक्नु ठूलो कमजोरी हो। अब यो कमजोरी हटाउनुपर्दछ र शीघ्र संविधान घोषणा गरिनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१