१. संविधानसभाबाट संविधानको आशा गरिरहेका जनता त्यसबेला स्तब्ध भए जब सोमबारको मध्यरातमा संविधानसभामा तोडफोड गरियो र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई लक्षित गरी जुत्ता समेत प्रहार गरियो। सभाध्यक्षले संविधान बनाउने कामलाई प्रक्रियामा लैजान लागेको संकेत पाउन साथ प्रतिपक्षी पार्टीएमाओवादी र मधेसी मोर्चाका सभासद्हरूले तोडफोडमा उत्रेका थिए।
२. तोडफोडमा उत्रेकाहरूले सभामुखलाई लक्षित गरी जुत्ता समेत प्रहार गरेका थिए। उनीहरूले माइक पनि प्रहार गरेका थिए। माइकले एमाले अध्यक्ष के.पी. ओली र उपाध्यक्ष विधा भण्डारीलाई लागेको बताइएको छ। सभामुखको सामु जान लागेका उनीहरूलाई मर्यादा पालकहरुले रोकेका थिए। त्यसरी रोक्ने क्रममा तीनजना मर्यादा पालकलाई चोट लागेको पनि जनाइएको छ।
३. नेपालको संसदीय इतिहासमा यो सबभन्दा ठूलो दुर्भाग्यको घटना हो। त्यो घटनाले अब देश कहाँ जाला भन्ने प्रश्न उत्पन्न गरेको छ। सहमतिको कुरा अब हराइएको छ। प्रक्रियामा के कसरी जाला र त्यसरी जाने क्रममा फेरि के कस्तो घटना होला, त्यो सबैको मनमा उब्जिएको छ। त्यस हिसाबले यो दुर्इ तीन दिन ज्यादै महत्त्वपूर्ण भएको छ।
४. हामीले यो विषय परिस्थितिमा सभाध्यक्ष नेम्वाङको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने कुरा यही स्तम्भमा उल्लेख गरेका थियौं। उनले नेताहरूबीच धेरै प्रयास गर्दा पनि सहमति नभएको र माघ ८ गते आउन मात्र दुर्इ दिन बाँकी छँदा उनले प्रक्रियातिर लैजान खोजेका थिए।
५. प्रक्रियामा लगेर दुर्इ तिहाईको बहुमतबाट संविधान निर्माण गर्नुलाई एमाओवादी मधेसवादी दलहरूले आफू पराजित हुने सम्झेका छन् र उनीहरूले प्रक्रियाको नाम समेत सुन्न चाहेका छैनन्। उता सत्तारूढ दलहरू सहमति कुनै पनि हालतमा नभएपछि प्रक्रियामा गएर संविधान दिनु एक मात्र विकल्प ठान्दैछन्।
६. स्थिति हिजो भन्दा आज पेचिलो भएको छ, जटिल भएको छ र अन्यौल भएको छ। हाम्रो राजनीतिमा एक दुर्इ जना राजनेता भएको भए यस्तो अन्यौलपूर्ण बेलामा पार्टीन्दा माथि उठेर देश र समाजका लागि यस्तो गर भनी र्टच लाइट बालेर पथप्रदर्शन गर्दथे। तर त्यसरी एक प्रदर्शन गर्ने आज हामीसँग कोही नभएको खड्किएको छ।
७. संविधानसभामा त्यस्तो अशोभनीय, निन्दनीय एवं दुर्भाग्यको घटना भयो। त्यस्तो घटना अन्य मुलुकमा भएको टी.भी. च्यानलमा कहिलेकाहीँ देखिन्थ्यो। तर आज आफ्नै संविधानसभामा त्यस्तो दुर्भाग्यको घटना भयो। संसदीय इतिहासमा यो एक कलंक हो। यस्तो कलंक फेरि नदोहोरियोस्, यही हाम्रो आग्रह छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१