१. मृत्युको मुखमा पुगेर संसारको यथार्थता हेरिरहेका चिकित्सक एवं समाजसेवी डा. चित्रप्रसाद शर्मा वाग्लेको गत बिहीबार निधन भयो। उनी ४९ वर्षा थिए। केही वर्षेखि उनी क्यान्सर रोगबाट पीडित थिए। उनको क्यान्सर कलेजो र फोक्सोसम्म फैलिएको थियो। भारतमा उपचार सम्भव नभएपछि र उपचारको लागि अमेरिका क्यानडा जान नसकेपछि उनी घरमै उपचार गरिररहेका थिए।
२. मानिस मर्दछ। जन्मेपछि सबै मर्नुपर्दछ। चिकित्सक पनि मर्दछन्। तर चिकित्सक चित्रप्रसादको मरण अरुको भन्दा बेग्लै भयो र उनले एक जना चिकित्सक भएर जे जसरी गाउँको सेवा गरे, त्यो उदाहरणीय थियो। अविस्मरणीय थियो। उनको सेवाको कदर गरेर एकपटक सरकारले उनलाई सर्वोत्कृष्ट चिकित्सक घोषणा गरी सम्मान समेत गरेको थियो।
३. उनले एमबीबीएस पास गरे। रुसमा गएर एमडी गरे। त्रिविविबाट एमडीजीपी पनि पास गरे। उनले चाहेको भए काठमाडौं या देशको ठूलो सहर बजारका अस्पतालमा सेवा गर्न सक्दथे। तर उनले केही समय पाल्पा अस्पतालमा र १२ वर्षअर्घखाची अस्पतालमा गएर सेवा गरे।
४. अर्घखाची अस्पतालमा रहँदा उनले अस्पतालको स्तर वृद्धि गरे भने त्योभन्दा ठूलो उनले विरामीहरूलाई रातो दिन नभनी सेवा गरे। उनलाई मानिसहरूले रातमा बोलाए पनि बिनाहिचकिचाहट जाने गर्दथे र विरामीको सेवा गर्दथे। उनको सेवाबाट ग्रामीण जनता सन्तुष्ट थिए र सबैले उनको प्रशंसा गर्दथे।
५. उनको सेवाबाट सरकारमा रहेकाहरू पनि प्रभावित थिए। सरकारले एकपटक उनलाई उत्कृष्ट डाक्टर भनेर सम्मान पनि गरेको थियो। तर त्यसरी जनताको सेवा गरेका र सरकारबाट पनि उत्कृष्ट भनेर सम्मानित व्यक्ति रकमको अभावमा उचित औषधोपचारबिना मृत्युवरण गरे।
६. उनले भारतको अस्पतालमा डेढ वर्षजति औषधोपचार गरे। त्यो बेला भारतको अस्पतालमा रहँदा उनले आफ्ना चिकित्सकका सामानहरू बेचेर ७० लाख खर्च गरे। त्योभन्दा बढी रकम उनले निकाल्न सकेनन्। तर भारतका चिकित्सकहरूले अमेरिका या क्यानडामा गएर औषधोपचार गर्न सल्लाह दिएका थिए।
७. डा. चित्रप्रसाद वाग्लेजस्ता समाजसेवी डाक्टरको त्यसरी मृत्यु भएकामा सबै स्तब्ध भएका छन्। उनको औषधोपचारका लागि सरकारले ठोस सहयोग नगरेकोमा सरकारको आलोचना भएको छ। असल र जाति मानिसको लागि समाजले पनि केही गर्नुपर्दथ्यो। केहीले उनको औषधोपचारका लागि सहयोग नगरेका होइनन्, तर त्यो पर्याप्त भएन र उनको असामयिक निधन भयो। उनको लागि समाजले ठोस सहयोग नगरे पनि अब उनका नाबालक छोराछोरी र अपा· बच्चाको लागि केही गर्न सके त्यो सहयोग त्यो परिवारको लागि ठूलो कुरा हुनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१