१. अर्थ मन्त्रालयले नेपाल र नेपालीको आर्थिक स्थितिको जे जति तथ्याड्ढ बाहिर ल्याइरहेछ, त्यत्ति नै हाम्रो स्थिति कहालीलाग्दो भएको छ। सरकारकै तथ्याड्ढ अनुसार वैदेशिक व्यापार घाटा कहालीलाग्दो अवस्थामा पुगेको छ तर त्यसलाई के कसरी पूर्र्ति गर्ने भन्ने सोच र चिन्तन कसैले लिएको देखिएन।
२. अर्थ मन्त्रालयका अनुसार आयात वृद्धि २१.२ प्रतिशत भएको छ भने निर्यात वृद्धि मात्र ४ प्रतिशतमा सीमित छ। त्यस्तै हाम्रो आर्थिक वृद्धि दर मात्र ३.६ प्रतिशत रहेको छ भने मूल्य वृद्धि १२.२ प्रतिशत पुगेको छ। नेपालीहरूको प्रतिव्यक्ति आय सात सय २१ अमेरिकी डलरमा सीमित भएको छ।
३. देशको स्थिति यस्तो कहालीलाग्दो छ। तर नेताहरू यसमा त्यति चिन्तित भएको अझसम्म देखिएको छैन। देशले अझसम्म सारभूत रूपले विकास गर्न नसकेको राजनीतिक अस्थिरताको कारणले हो। यो आन्तरिमकाल लम्बिएकोले हो र संविधान बनाउन नसकिएकोले।तर नेताहरू न संविधान बनाउने काममा गम्भीर छन् नकि अन्तरिम र अस्थिरता हटाउनुपर्नेमा त्यत्ति प्रयत्नशील छन्।
४. उनीहरू जनताको महत्त्वाकाँक्षा बढाउँछन्। उनीहरू जनताको प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउनुपर्ने कुरा गरी सर्वसाधारणलाई लोभ्याउँछन् तर आफू सत्तामा छँदा कहिले आर्थिक वृद्धि हुने काम र कुरा गर्दैनन्। उनीहरू कार्यकर्ता पोस्ने काम मात्र गर्दछन्। उनीहरूले नेपाल भन्ने नै आफ्नो कार्यकर्ता सम्झेका छन्।
५. जहाँबाट र जसरी भए पनि कार्यकर्ता पोस्नु नै उनीहरूको एक मात्र अभीष्ट भएको छ। उनीहरूको त्यही प्रवृत्तिले गर्दा कार्यकर्ताको मनोवृत्ति बिग्रेको छ। श्रम गर्ने बानी हराएको छ। जसले आफूलाई केही दिन्छ, त्यही मात्र आफ्नो भन्ने भावना बढेको छ। एउटै पार्टीका नेताहरूमा पनि कार्यकर्ता विभाजित छन्। यो मेरो र त्यो त्यसको भन्ने भएको छ।
६. यो वर्तमान सरकार गठन हुनुपूर्व चार जना बामपन्थी नेता पालैपालो प्रधानमन्त्री भए। तर कसैले पनि दिगो विकासको लागि कुनै आधारभूत काम गरेनन्। नकि उनीहरूले अस्थिरता हटाउने प्रयास गरे। संविधान बनाउने एजेण्डा लिएर गएकाले पनि संविधान बनाउनेतिर लाग्नुभन्दा आफ्नै काममा मात्र लागेकाले संविधान बनाउने वातावरण पनि बनाएनन्।
७. तर उनीहरू कसैले पनि त्यसमा पश्चात्ताप जनाएका छैनन् र त्यसको जिम्मेवारी पनि लिएका छैनन्। दोष अरुमाथि थोपार्ने उनीहरूको एक मात्र काम भएको छ। तर अब त्यसरी हुँदैन। सबैले सकारात्मक किसिमले सोच्नुपर्दछ। अन्तरिमकाल र अस्थिरता हटाउनुपर्दछ। संविधान बनाउनुपर्दछ र देश र देशवासीको आर्थिक स्थिति उच्च बनाउने काममा सबै लाग्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१