१. छिमेकी भारतबाट हामी बराबर हेपिएका छौं। हामी हेपिएको कुरा कहिलेकाहीँ बाहिर आउने गरेको छ। भारत एक ठूलो राष्ट्र भएकोले त्यसले हेप्न खोज्नुलाई अन्यथा नसम्झने हो भने कतिपय हेपाइ हाम्रै नेताहरूका कारण भएका छन्। यसपटकको हेपाइ हाम्रै शीर्ष एवं पूर्व प्रधानमन्त्रीहरूका कारण भएको छ।
२. भारतका परराष्ट्र मन्त्री सलमान खुर्सिद एक दिनको भ्रमणका लागि म·लबार नेपाल आए र त्यसैदिन भारत फर्के। मित्र राष्ट्रका सरकारी अधिकारी आउनु जानु स्वभाविक प्रक्रिया हो। तर हाम्रा शीर्ष नेताहरू र पूर्व प्रधानमन्त्रीहरूले जेजसरी उनलाई भेट्न उनी बसेको होटेल द्वारिकाजमा पंक्तिबद्ध भएर गए, त्यो राजनीतिक र कूटनीतिक क्षेत्रमा चर्चाको विषय भएको छ।
३. सामान्य कूटनीतिक मर्यादा अनुसार विदेश मन्त्रीले पूर्व प्रधानमन्त्रीहरूलाई उनीहरू भएको ठाउँमा गएर भेट्ने चलन छ। तर त्यो चलनलाई हाम्रा नेताहरूले किंचित पनि ख्याल गरेनन्। सायद अहिले चुनाव आउन लागेको पनि होला। चुनावमा भारतको आशीर्वाद थाप्नुमा आफ्नो कल्याण हुने देखेर होला, ती नेताहरू विदेशमन्त्रीसामु त्यसरी पुगेका।
४. एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो विदेश भ्रमण छोट्टयाएर नेपाल फर्के। भारतका विदेशमन्त्री खुर्सिदलाई उनको निवास पुगेका हाम्रा पूर्व प्रधानमन्त्रीहरू दाहाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाललगायत थिए। उनीहरूले पालो कुरेर विदेश मन्त्रीलाई भेट गरे। केही नेताले त्यसरी उनी बसेको ठाउँमा भेट्न जानुको कारण सुरक्षा हो भनी भनेका छन्।
५. आफ्नो मर्यादा आफै राख्नुपर्दछ। आफ्नो प्रोटोकल आफैले धान्न सक्नुपर्दछ। नेताहरूले त्यसो गर्न सकेनन् भनी उनीहरूको मान मर्यादा त गुम्छ-गुम्छ, राष्ट्र र राष्ट्रियताको महत्त्वमा समेत आँच आउन सक्छ। हाम्रा नेताहरू आफ्नो ठाउँमा रहन नसकेको कारणले गर्दा हाम्रो स्वाभिमानमा ह्रास आएको हामीले महसुस गर्नुपरेको छ। यो लज्जाजनक कुरा हो।
६. हिजोका हाम्रा शीर्ष नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी पनि प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री भएका थिए। उनीहरू जेजस्तो पदमा रहे तापनि उनीहरू आफ्नो मर्यादामा रहेका थिए र स्वाधिनताको रक्षा गरेका थिए। त्यसरी उनीहरू मर्यादापूर्ण स्थानमा रहेकाले भारतीय नेताहरूले पनि उनीहरूलाई आदर सम्मानका दृष्टिले हेर्ने गर्दथे व्यवहार गर्थे।
७. ठूलो मान्छे भएपछि आफ्नो स्टाटसको ख्याल राख्नुपर्दछ। त्यसमा पनि विदेशीहरूसँगको व्यवहारमा त्यसको अरु महत्त्व हुन्छ। तत्काल र छुद्र स्वार्थका लागि विदेशीसँग ‘त्वम् शरणम्’ गरी लम्पसार परे भने त्यसले राष्ट्र र राष्ट्रियतामा धक्का पुग्दछ र अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि धमिलिएर जान्छ। नेताहरूले यी सबै कुराको ख्याल राख्नु नितान्त आवश्यक छ। आइन्दा यस्ता कुरा नदोहोरिउन्, नेताहरूलाई हामी यही भन्न चाहन्छौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१