१. नेपालका बौद्ध सङ्घसंस्थाहरूले पनि भारतका विहार प्रान्तस्थित वोधगयामा आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटका घटनाको घोर निन्दा गरेका छन्। ती सङ्घसंस्थाले धमोर्दय सभाको अग्रसरतामा एक विज्ञप्ति जारी गर्दै त्यो घटनाको निन्दा गरेका हुन्। तिनीहरूले भगवान बुद्ध जो शान्तिका प्रतिमूर्ति हुन्, उनको त्यो महत्त्वपूर्ण स्थलमा त्यसरी बम विस्फोट गर्नुलाई कायरता भनेका छन्।
२. बुद्ध धर्मका अत्यन्त महत्त्वपूर्ण चार स्थलमध्ये वोधगया पनि एक हो। वोधगयामा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेका थिए। उनले बुद्धत्व प्राप्त गरेपछि त्यो ठाउँलाई वोधगया भनिएको हो। वोधगयामा प्राचीन ठूलो र भव्य मन्दिर छ। वोधगया मन्दिरको नजिकै ८० फिट अग्लो भूमि स्र्पर्श मुद्राको बुद्ध मूर्ति छ।
३. त्यहाँ महत्त्वपूर्ण पुरातात्त्विक सामग्रीहरू छन्। ती सबै भन्दा पनि पुरानो त्यहाँ वोधिवृक्ष छ। वोधिवृक्षलाई सामान्य भाषामा पीपलको बोट भनिन्छ। तर सबै पीपलको बोट वोधवृक्ष होइनन्। जुन पीपलको बोटमुनि सिर्द्धार्थ गौतमले ध्यान गरेर बुद्धत्व प्राप्त गरे त्यही मात्र वोधिवृक्ष हो। कालान्तरमा श्रद्धालुहरूले यसैबाट अरु वोधीवृक्षको विकास गरेका छन्।
४. त्यही वोधिवृक्षलाई, ८० फिट अग्लो बुद्धको मूर्तिलाई र महावोधि मन्दिरलाई समेत लक्षित गरी जे जसरी विस्फोट गराए त्यो निन्दनीय कार्य हो। त्यो कार्यलाई विश्वका विभिन्न भागमा निन्दा र भर्त्सना गरेको समाचारहरू आइरहेका छन्। श्रीलंका, थाइल्याण्ड, बर्मालगायतका सरकारले त्यसको घोर भर्त्सना गरेका छन्।
५. भगवान बुद्ध नेपालमा जन्मेका एक नेपाली हुन्। उनी नेपालका राष्ट्रिय विभूति हुन्। आफ्नो राष्ट्रिय विभूतिबाट प्रतिपादित धर्म साँचो अर्थमा नेपाल र नेपालीको आफ्नै धर्म हो, दर्शन हो। बुद्ध धर्म र दर्शन जति विश्वमा फैलिन्छ, त्यति नै नेपाल र नेपालीको मान, सम्मान र प्रतिष्ठा वृद्धि हुन्छ। यो धर्मसँग हाम्रो राष्ट्रियता जोडिएको छ, भावना गाँसिएको छ र आत्मीयता टाँसिएको छ।
६. यस्तो नेपाल र नेपालीका लागि महत्त्वपूर्ण धर्मसँग सम्बन्धित स्थल संसारको जहाँ भए पनि त्यसमा नेपाल र नेपालीको चासो र चिन्ता हुनु स्वाभाविक हो। त्यसमा पनि महावोधि मन्दिरको छुट्टै र विशेष महत्त्व छ। त्यो एक शान्तिस्थल हो। त्यहाँ श्रीलंका, थाइल्याण्ड, बर्मा, जापानलगायतले आ-आफ्नो शैलीमा विहार र चैत्य बनाएका छन्।
७. त्यस्तो धार्मिकस्थलमा बम विस्फोट गराउनु कदापि उचित होइन। शान्ति नायक भगवान बुद्धले कहिले हातहतियारको प्रयोग गरेनन्। उनी नितान्त अहिंसावादी हुन्। उनी र उनको धर्ममाथि कसैले शत्रुवत् व्यवहार गर्नुको कुनै औचित्य हुन सक्दैन। वोधगयामा १० वटा बम विस्फोट भएर पनि मन्दिर र मूर्तिलाई खास क्षति नपुग्नु तथा धेरै मानिस हताहत नहुनु एक चमत्कार हो। यो एक धार्मिक चमत्कार हो। त्यसरी विस्फोट गराउनेले एक न एक दिन पश्चात्ताप गर्नुपर्ने छ। हामी त्यस आतड्ढकारी कार्यको भर्त्सना गर्दछौ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१