१. मित्रराष्ट्र भारतका विदेशमन्त्री सलमान खुर्सिद नेपाल भ्रमणका काममा आज काठमाडौ आउँदै छन्। संविधानसभाको निर्वाचन मिति घोषणा भएपछि आउन लागेकाले कतिपयले निर्वाचनको दृष्टिले उनको भ्रमणलाई हेरेका छन् र महत्वपूर्ण भ्रमण भन्न थालेका छन्। राजनीति गर्नेहरुले राजनीतिक दृष्टिले विश्लेषण गर्न थालेका छन्।
२. भारत नेपलको सबैभन्दा नजिकको मित्रराष्ट्र हो। नेपाल र भारतको सम्बन्धबारे धेरैले धेरै व्याख्या गरेका छन्। यी दुर्इको सम्बन्ध ऐतिहासिक छ, परापूर्र्ूव कालदेखिको हो। त्यसमा पनि धर्म र संस्कृतिले पनि दुर्इ पक्षलाई दह्रिलो पारि जोडेका छन्। त्यसका अतिरिक्त अरु पनि धेरै पक्षहरु छन्, जसले दई पक्षलाई नजिकाउन सघाउ पुर्याइरहेका छन् ।
३. प्रत्येक दृष्टिबाट दुर्इ देशको सम्बन्ध नजिक छ, तापनि जनस्तरमा त्यो सम्बन्धलाई राम्रो छ भन्ने अवसर नेपालीहरुले पाएका छैनन्। सर्वसाधारण नेपालीहरु भारतबाट आफू पीडित भएको, शोषित भएको विचार ओकल्छन। नेपाली जनतामा राम्रो प्रभाव पार्ने कार्यक्रमको आवश्यकता र औचित्यमा हामीले जोड दिने गरेका छौं
४. भारतका विदेशमन्त्री खुर्सिद वर्षायामको सुरुमा नेपालमा आएकाले हामीले यो भ्रमणलाई सामयिक ठानेका छौ। यो काममा नेपालमा वर्षा धेरै हन्छ। वर्षाको पानी नेपालबाट बग्ने ठाउँ भारत हो। तर भारतले आफ्नो सीमावर्ती क्षेत्रमा जे जसरी बाँध आदि निर्माण गरेको छ, त्यसबाट नेपालको तराई क्षेत्र धेरै प्रभावित हुने गरेको छ।
५. अहिले त तराई क्षेत्रमात्र होइन, पहाडी क्षेत्र पनि प्रभावित हुन थालेको छ। दार्चुलामा भर्खरै जुन विनास भयो, त्यो विनासको कारण केही हदसम्म भारतको धार्चुलामा निर्मित बाँध हो भन्ने त्यहाँका पीडित पक्षले भन्ने गरेका छन्। सरकारले त्यसबारे के लेख्यो लेखेन, त्यो बाहिर आएन । तर स्थानीय जनता भारतप्रति पति रुष्ट छन्।
६. त्यस्तो विनाशबाट नेपाल पनि जोगिनुपर्दछ। भारत पनि जोगिनुपर्दछ । तर एउटा जोगिनका लागि अर्काको विनाश निम्त्याउनु हुँदैन । भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी निर्माण गरिएका बाँध, तटबन्ध र सडक आदिका कारण वर्षायाममा नेपाली भूभाग डुवानमा पर्ने गरेको छ। एक सहृदयी मित्रको नाताले भारतले को महसूस गर्नुपर्दछ र नेपाली भू-भाग जोगाउने उपाय गर्नुपर्दछ।
७. सरकारमा बसेका अधिकारीहरुहरु र नेताहरुले बेलामौकामा यस्तो आफ्नो वेदना र दर्दको कुरा सुनाउनु पर्दछ । सीमा अतिक्रमण भएको सप्रमाण भन्नुपर्दछ । विवाद भए समाधानका लागि दुर्इ देशका विशेषज्ञहरुको संयुक्त टोली बनाएर अवलोकन गर्नुपर्दछ। कहाँ के भएको छ, त्यसको वास्तविक कुरा जनसमक्ष राख्नुपछ । त्यसरी काम गरियो भने भारतको प्रभाव नेपाली सर्वसाधारणमा राम्रो पर्न सक्छ। राम्रो पार्ने काम दुबै पक्षबाट हुनुपर्दछ। यो आजको आवश्यकता हो। त्यस दृष्टिले भारतका विदेशमैत्री खुर्सिदको भ्रमण सामयिक र सान्दर्भिक मान्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१