पोखरा । सुजल फुड्स प्रालिले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति ‘चोकोफन जोय’ बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार ‘चोकोफन जोय’ नेपालकै प्रथम स्क्वायर मोलडेड चकलेट हो । जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् ।
विगतमा विदेशी चकलेटमा निर्भरता लाई तोडेर नेपालमै अन्तर्राष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको ‘चोकोफन जोय’ चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिन्छ ।
वर्गाकार आकारमा, कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट छ । ‘चोकोफन जोय’ मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ ।
आकर्षक वर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ ।
गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको ‘चोकोफन जोय’ को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम रहेको छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले ‘चोकोफन जोय’ को प्याकेजिङलाई अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ ।
प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित ढंगमा देखाइएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार ‘चोकोफन जोय’ जार र बक्स दुबैमा उपलब्ध छ । दुवैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखिएको छ र जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ ।
‘चोकोफन जोय’ ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको छ । ‘चोकोफन जोय’ १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
‘चोकोफन जोय’ को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमेटिक मेसिनरीबाट अति स्वस्थकर वातावरणमा उत्पादन गरिएको कम्पनीले बताएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस ‘चोकोफन जोय’ को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ ।
‘चोकोफन जोय’ को अनुपम स्वाद र मिठासले बालबालिका तथा युवा पुस्ताको जीवनको अभिन्न अंग बन्ने विश्वास कम्पनीले लिएको छ।
Related News
सम्बन्धित समाचार
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१