पोखरा । बागलुङ समाज पोखरा र बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रममा बागलुङ क्षेत्र नं. २ (क) का गण्डकी प्रदेशसभा सदस्य जित शेरचनलगायतले भित्तेपात्रो लोकार्पण गरे । सो अवसरमा प्रदेशसभा सदस्य शेरचनले सबै नेता खराब नभएको बताए । सबै नेता र राजनीतिक दल खराब भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै शेरचनले देश बिग्रनुमा नेता मात्रैको दोष नरहेको जिकिर गरे । पोखरामा रहेका बागलुङेहरूले आफ्नो थातथलोलाई बिर्सन नहुने बताउँदै उनले जहाँ रहे पनि आफ्नो पुख्र्यौली थलोबारे नयाँ पुस्तालाई समेत जानकारी दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा, पूर्व अध्यक्षहरू प्रा. अमृतलाल श्रेष्ठ, प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, सुनील पाण्डे, डा. भानु कँडेल, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष जयराम आचार्य, समाजका कानुनी सल्लाहकार अधिवक्ता दुर्गेशराज पन्त, बागलुङ धम्जा–पोखरा सम्पर्क समाजका अध्यक्ष खिम छन्त्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गंगाबहादुर पुनले सञ्चालन र उपाध्यक्ष नरेश सुवेदीले स्वागत गरे ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार
युवा संघद्वारा खाद्य सहयोग
सार्दीखोला–पोखरा समितिमा बमबहादुर
कुलपति प्राडा गुरुङलाई शैक्षिक सम्मान
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१