पोखरा । पोखरा ४ स्थित बुढानीलकण्ठ किरियाकर्म व्यवस्थापन समितिको अध्यक्ष राजेन्द्रनिधि कोइराला चयन भएका छन् । संस्थाको पाचौँ साधारणसभा तथा अधिवशनले कोइरालालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
संस्थाको कार्यसमिति सदस्यहरू गेहेन्द्रेश्वर कोइराला, भरतराज पौडेल, धर्मराज पराजुली, लक्ष्मी कोइराला, सरस्वती पौडेल, उपेन्द्रराज देवकोटा, अनन्त लम्साल, गोपालप्रसाद तिमिल्सिना, माधव सिग्देल र उदारराज भण्डारी छन् । निर्वाचित सदस्यबाट पदाधिकारी तोक्ने अधिकार अध्यक्षमा निहीत रहेको छ ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष देवकृष्ण पराजुलीले संस्थाका लागि वडाबाट विगतमा पनि रहयोग रहँदै आएको र आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भरतराज पौडेलले सञ्चालन र सचिवको प्रतिवेदन प्रस्तुत, कोषाध्यक्ष उदयराज भण्डारीले आयव्यय प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा बुढानीलकण्ठ मन्दिर समितिका अध्यक्ष लोकनाथ भण्डारी, संस्थाका कार्यसमिति सदस्य गेहेन्द्रेश्वर कोइराला र आजीवन सदस्य गोविन्दप्रसाद पराजुलीले बोलेका थिए । २०७१ सालमा स्थापित संस्थामा हाल ७२ जना आजीवन सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार
युवा संघद्वारा खाद्य सहयोग
सार्दीखोला–पोखरा समितिमा बमबहादुर
कुलपति प्राडा गुरुङलाई शैक्षिक सम्मान
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१