पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रबार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना समस्या प्रस्तुत गरे ।
त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दूध र गोबरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग अन्तरक्रिया भयो ।
त्यस क्रममा अधिकांश पशुको गोबरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भेटिए । त्यस्तै थुनेलो बारेमा प्रारम्भिक परीक्षण पनि गरिएकोमा स्थानीय भन्दा उन्नत जाँतका पशुवस्तुमा बढी थुनेलो संक्रमण भएको पाइएको आयोजक निर्देशनालयका निर्देशक डा. प्रेनिल केसीले बताए ।
जीवाणु, विषाणु, ढुसी तथा पशुवस्तुको उचित व्यवस्थापन नगर्दा थुनेलोको संक्रमण बढ्दै गएको उनले स्पष्ट पारे ।
त्यस्तै माटोमा हुने अम्लीय तथा छारिए पनका कारण वाली लगाउन किसानलाई समस्या भएको अधिकांश किसानले दुखेसो राखे ।
शिविरमा निर्देशक डा. केसीको नेतृत्वमा पशुतर्फ भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु चिकित्सक डा. अनन्त कोइराला, सो संस्थाका प्राविधिक सहायक माधवप्रसाद आचार्य, निर्देशनालयका डा. विवेक जिसी तथा प्राविधिक सहायक रामजी पौडेलले सेवा दिए ।
त्यस्तै बालीतर्फ बाली संरक्षण प्रयोगशाला कास्कीका कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत शालिकग्राम अधिकारी, बाली रोगविज्ञ वैज्ञानिक वशिष्ट आचार्य लगायतले जाँच गरे । त्यस्तै शिविरमा वैज्ञानिक रमेश आचार्य तथा प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले सहजीकरण गरे ।
शुक्रबारसम्म ३० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा १ हजार ८ सय १९ घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले हालसम्म २० लाख बढीको आलु कारोवार भएको पनि बताए ।
महोत्सव अन्तर्गत शुक्रबार विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाईं, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एन्ड कुशल ब्यान्डका प्रस्तुतिहरु रहे । त्यस्तै शनिबार नयाँवर्षको दिन बद्री पंगेनी, लक्ष्मी नेपाली, कमला गै्रहे, टेक क्षत्री, जगत गौडेल, शिवहरि ढुंगाना, हास्यतर्फ राजा राजेन्द्र एवम् पप कन्सर्टतर्फ सन्तोष बस्यालका प्रस्तुतिहरु रहने जनाइएको छ ।
त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । रत्यौलीतर्फ शुक्रवार तिब्रेकोट, सिर्जनशील, चापाघाट र देउराली आमा समूहका प्रस्तुति रहे ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यंग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन् ।
महोत्सवमा आलु लगायत अन्य सामग्री गरी शुक्रबारसम्म करिब २ करोडको कारोवार भएको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए । महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१