दमौली । सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी भूमिबारे लेखिएको उक्त पुस्तकको दमौलीमा आयोजित कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विमोचन गर्नुभएको हो ।
उक्त पुस्तकमा विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा छापिएका सामग्री सङ्कलन गरिएको छ । नकारात्मक कुराले जरो गाडेको वर्तमान परिप्रेक्ष्यमा सकारात्मक सोचको भावना विकास गर्ने उद्देश्यसहित पुस्तक प्रकाशनमा ल्याइएको सरसफाइ विज्ञ भूमिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै नकारात्मकताको विकास भएको सन्दर्भमा यसलाई चिर्दै सकारात्मक भावनाको विकासका लागि पुस्तकले सहयोग पु¥याउने विश्वास गरेको छु ।”
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो । सकारात्मक सोचको विकास गर्न सकेमात्रै देशमा समृद्धि सम्भव रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मान्छेमा नकारात्मक बढी हावी छ । देशमा केही भएन भन्ने जमात बढी छ । देश विकासका लागि के गर्न सकिन्छ त्यसतर्फ सकारात्मक भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।”
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्व बास्तोलाले नमस्तेलाल भूमिले देश तथा देशबाहिर पु¥याउनुभएको योगदानलाई एकीकृत गरी पुस्तक प्रकाशन गरिएकाले यो एक दस्ताबेज बन्न सक्ने उल्लेख गर्नुभयो । पुस्तकमा नमस्तेलालबारे पत्रिकामा छापिएका पाँच सामग्री, पत्रिका, स्मारिकालगायतमा छापिएका पाँच अन्तवार्तासार, पाँच कविता, अन्तर्राष्ट्रिय मिडियामा नमस्तेलालका पाँच सामग्री समेटिएको छ ।
तनहुँको बन्दीपुरमा जन्मिनुभएका भूमिले युनिसेफ, लुथरेन वल्र्ड सर्भिस, अमेरिका पिस कोस्र्प, युनाइटेड मिसन अफ नेपालमा काम गरिसक्नुभएको छ । विशेषगरी नेपालमा खुला दिसामुक्त घोषणाको सन्दर्भमा उहाँले सरसफाइको क्षेत्रमा योगदान दिनुभएको थियो ।
उहाँले यसअघि आफ्नै माटो आफ्नै बाटो र सकारात्मक सोच, खोज र रोज पुस्तक प्रकाशन गरिसक्नुभएको छ । रासस
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१