पोखरा १२ मा सहरी स्वास्थ्य केन्द्रको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०८०
ward 12

पोखरा । पोखरा महानगरपालिका १२ मा सहरी स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले शिलान्यास गरेका हुन् ।

पहिलो किस्ता ३० लाखको लागतमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि बाँकी निर्माण भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।

निकै नै जीर्ण अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन पोखरा १२ परिसरमा शिलान्यास गरिएको हो ।

‘वडाध्यक्ष निर्वाचित भएको २०/२२ महिना पूरा भएको छ । यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौं,’ उनले भने ।’

पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्यक्ष रुपमा जोड्नका लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ ।

स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको भनाइ छ ।

सामान्य बिरामी पर्दा पनि सहरका ठूला अस्पताल धाउनुपर्ने वाध्यताको अन्त्य गर्न वडामै स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो, उनले भने ।

शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवं स्थानीयवासीको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width