कर्मचारी युनियन कास्कीको क्यालेन्डर

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
karmachari union (1)

पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेशका कृषि तथा भूमि व्यवस्था र सामाजिक तथा स्वाथ्यमन्त्री महेन्द्रध्वज जिसीले क्यालेन्डर विमोचन गरे ।

मन्त्री जिसीले जनताका काम छिटोछरितो र सर्वसुलभ तबरबाट सम्पादन गरी सुशासनको प्रत्याभूति दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गरे । स्थायी सरकार नै निजामती रहेको भन्दै उनले सरकारलाई सफल गराउने हात निजामती प्रशासनमा नै रहेको बताए ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले निजामती कर्मचारी सरकारको मेरुदण्ड नै रहेको हुँदा कर्मचारीले जनताको सेवा र सुविधालाई निश्पक्ष ढंगबाट गर्नुपर्ने बताए । प्रदेश सरकार कर्मचारीको हकहितको निम्ति सदैव तत्पर रहेको उनले जनाए ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मीले राजनीति र प्रशासनको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउँदै कर्मचारीलाई कमजोर बनाउने काम सरकारबाट हुन नहुने भनाइ राखे । नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले संघीय निजामती सम्बन्धी ऐन सदनमा टेबुल भएको बताउँदै जुनसुकै तहमा काम गर्ने समान तहका कर्मचारीको सेवा सुविधा समान हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, सचिव भानुभक्त ढकाल, सहसचिव नविन सिग्देल लगायतले कर्मचारीमा एकता कायम राख्दै आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष केदार सापकोटा र सञ्चालन सुमन शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width