गीताञ्जलीकोे १५५ औं साधना प्रभात

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
geetanjali

पोखरा । गीताञ्जली साहित्य परिवार पोखराको १५५ औं साधना प्रभात एवं नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयोे ।

पोखरा १० स्थित गीतामन्दिर परिसरमा आयोजित कार्यक्रममा साहित्यकारले आ–आफ्नो रचना वाचन गरे । पोखराका २२ जना नवोदित बालसाहित्यकारदेखि वरिष्ठ साहित्यकारले रचना प्रस्तुत गरेका हुन् ।

संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार नियमित रुपमा उक्त कार्यक्रम गर्दै आएको संस्थाका सचिव नरेन्द्र रानाभाटले बताए ।

कार्यक्रममा साहित्यकारले देशको समसामयिक विषयबारे व्यङ्ग्यात्मक चित्रण, भजनकीर्तन, पिर वेदना लगायत मायाप्रीतिका सुगन्धयुक्त रचना पस्केर कार्यक्रममा रौनकता थपेका थिए ।

कार्यक्रममा साहित्यकार नारायणप्रसाद बराल, ऋषिराम काफ्ले, वसन्तप्रसाद चालिसे, अल्पविराम पोखरेली, धर्मराज पौडेल ‘अल्पायु’, गोविन्दप्रसाद पराजुली, विष्णुप्रसाद पराजुली, बलराम तिमिल्सिना, चन्द्रावती वाग्ले, ढुण्डिराज ज्ञवाली, जेसिका पौडेल, अन्वेशाा ज्ञवाली, इडिवा खतिवडा, विष्णुमाया पराजुली, तेजबहादुर गुरुङ, हरिचन्द्र आचार्य, शंकर ज्ञवाली, रुद्रबहादुर थापा, तुलसीराम सुवेदी, नरेन्द्र रानाभाट लगायतले रचना प्रस्तुत गरेका हुन् ।

टिप्पणीकार मदन भण्डारीले कार्यक्रमको सारको टिप्पणी गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ को अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width