पोखरा । पोखरा सभागृहमा सोमबार ‘महाकमेडी विथ महाजात्रा’ हुने भएको छ ।
चलचित्र पत्रकार संघ कास्की आयोजनामा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले उक्त कार्यक्रममा पोखराका दर्शकले कलाकारसँग साक्षत्कार गर्न पाउने बताए । दर्शकलाई सहर–सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानिया, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताए ।
दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुसी लागेको बताइन् । उनका अनुसार कमेडी च्याम्पियनका कारण नेपालमा नयाँ हास्यकलाकारले अवसर पाएका छन् ।
पोखरा कार्यक्रमको सहकार्य गरेको पर्यटन व्यवसायी महिला संघ (टेवान) अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
पोखरा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१